हराएका युवा १७ दिनपछि मृत फेला

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ वैशाख । रुकुम पश्चिममा एक युवा मृत फेला परेका छन् । मुसिकोट नगरपालिका वडा नं. ६ पोखराका २४ बर्षिय रमेश खड्का हराएको १७ दिनपछि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गएको चैत १६ गते साँझ घरबाट ओलप्पेको डाँडा टावरमा जान्छु भनि हिडेका युवा मुसीकोट नगरपालिका १ खौलीको भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
लामो समय सम्म घरमा नफर्केपछि रमेशको आफन्त र स्थानीयहरुले खोजतलास गर्ने क्रममा मृत अवस्थामा शब फेला परेको पारिवारिक स्रोतले जनाएको छ । उनको शव गलिसकेको अवस्थामा भिरमा अड्केको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठग वहादुर केसीले जानकारी दिनुभयो ।
शव फेला परेपछि मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । जंगलको गोरेटो बाटो भन्दा करिब ७ सय मिटर तल उनको शव भेटिएको थियो । हिँड्दा लडेको वा अन्य कुनै कारणले मृत्यु भएको भन्ने केही खुलेको छैन । मृत्यक रमेशले खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका थिए ।

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार १७:५८