घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्कीएर सल्यानमा एक जनाको मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ बर्षिय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राती सल्यानचौर स्थित स्थानीय बालाराम कवरको घरमा धामी झाँक्री गर्न गएका उहाँको आइतवार बिहान तीन वजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्कीएको थियो । मासु अड्केपछि उपचारका लागि आइतबार विहान अस्पताल पु¥याउने वित्तिकै कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कामीको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीको भनाई छ । गाउँमा धामी झाँक्र गरिसकेपछि बोक्सी भगाउने भन्दै वाख्रा काट्ने र राती नै मासु पकाएर खाने चलन रहेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आईतवार ११:०३