
सल्यान- सल्यानको कालिमाटी गाउँपालिकामा मंगलबार ४१ जना व्यक्तिमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी नेगेटिभ आएको छ । स्वास्थय सेवा कार्यालय र गाउँपालिकाको समन्वयमा गरिएको परीक्षणमा एन्टीबडी नेगेटीभ देखिएको गाउँपालिका उपाध्यक्ष सनशिलता ओली डिसीले जानकारि दिइन् ।
यस्तै क्वारेनटाईनमा बसेका १६ जनालाई घर पठाइएको छ । रिपोर्ट नेगेटिभ आएपछी कालिमाटी स्थीत क्वारेनटाईनमा बसेका १६ जनालाई घर पठाइएको उपाध्यक्ष डिसीले जनाइन् । यस अघि १४ जना लाई पनि क्वारेन्टाईनबाट घर पठाइएको थियो । हालसालै गाउँपालिकामा भारत लगाएतका तेश्रो मुलुकबाट ४२ जना फर्किएको स्वास्थ्य शाखाले जनाएको छ ।
कालिमाटी गाउँपालिकाले कामको शिलशिलामा देशका विभिन्न जिल्लामा रहेका र अलपत्र परेकाहरुलाई उद्धार गर्ने कार्य चलिरहेको जनाएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलवार १९:४३