नगर भित्रका एक सय ४४ जनाको र्‍यापिड टेस्ट

इन्द्र बुढाथोकी
सल्यान – पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आज विदेश बाट आएका १ सय ४४ जनाको र्‍यापिड डाइगोनिस्टिक परिक्षण गरिएको छ । जसमा सबैको नेगेटिभ रिपोर्ट आएको छ । बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा भारत तथा विदेशबाट आएका नागरिकको प्रभाकर माबी देवस्थलमा रहेको क्वारेन्टाइनमा र्‍यापिड टेष्ट गरिएको छ । र्‍यापिड टेस्टमा बनगाड कुपिण्डे नगरपालिका ३ बालवालिका, १२९ जना विदेश तथा भारत बाट आएका र बाकी छिमेकी जिल्ला सुर्खेत सिम्तगाउपालिका १२ सहित १ सय ४४ जनाको र्‍यापिट टेष्ट गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ ।
काेराेना भाइरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रणका लागि यसकाे निदान र उपचार विधि अारडिटि स्कृनिङ विधि अवलम्बन गरि कोरोना भाइरसको लागि अहिले सल्यान जिल्ला लगाएत देशको सबैठाउमा भैरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका मेडिकल अफिसर डाक्टर भिमकान्त जैसी, ल्याव टेक्निसियन अधिकृत भिम रोकाय, ल्याव असिस्टेन्ट नवीन ओलि, नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल, लगाएतको चिकित्सककाे टाेलि र्‍यापिड परिक्षण गरिरहेकाे छ ।
यस नगरपालिकामा हालसालै जम्मा १ सय ६२ जना विदेश बाट आएका मध्य १ सय ३२ जनाले मात्र र्‍यापिड टेस्ट गराएका छन ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार ०९:५६