सल्यानमा विप्लव नेकपाका एक कार्यकर्ता गिरफ्तार

मिना बुढाथोकी
सल्यान वैशाख १२ । सल्यानमा प्रतिबन्धित विप्लव नेतृत्व (नेकपा)का एकजना कार्यकर्तालाइ प्रहरीले गिरफ्तारगरेको छ । जिल्लाको कुमाख गाउँपालिका–२ स्वीकोट निवासी ४६ वर्षीय भीम बहादुर रावतलाइ प्रहरीले गिरफ्तारगरेको प्रहरीले जनाएको छ ।
०७६ असोज १७ गते उनको घरमा पेस्तोल फेला परेपछि उनि विरुद्ध हातहतियार तथा खरखजाना मुद्धा दायर भएको थियो । सोहि मुद्धाको आरोपमा उनलाइ गिरफ्तारगरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
पुरानो मुद्दा भएकाले रावतलाइ लकडाउनको समयमा घरमा लुकी बसेको सुचनाको आधारमा गिरफ्तारगरेको उनले बताए ।
यता सो पार्टीका जिल्ला सेक्रेटरी तुफानले जारी विज्ञप्ती जारी गर्दै पार्टीले संघर्षका कार्यक्रम स्थगित गरेका बेला रावतलाइ गिरफ्तारगर्ने कार्य निन्दनीय भएको बताएका छन् ।
आरोपित रावतलाइ इलाका प्रहरी कार्यालय रागेचौर प्रहरीले भेरी नदी किनारबाट गिरफ्तारगरि हाल इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०७७, शुक्रबार २१:३०