
सल्यान- सल्यानको कपुरकोटमा हालै नेपालका विभिन्न जिल्लाबाट आएका ८ सय ४९ जना विद्यालय तथा वनको भवनमा बसिरहेका छन् । कोरोना संक्रमणको जोखिम हुने भन्दै समुदायले छुट्टै राख्नुपर्छ भन्ने माग राखेपछी उनीहरुलाई सामुदायीक विद्यालय तथा वनका भवनमा राखिएको हो ।
कोभिड– १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार ५ सय ८५ जना पुरुष र २ सय ६४ जना महिला गरी जम्मा ८ सय ४९ जना ब्यक्तिहरु सामुदायीक क्वारेन्टाईनको रुपमा तयार गरिएका भवनमा बसिरहेका छन् । यी मध्ये ५५ जना वालवालिका र ४ जना गर्भवती महिलाहरु छन् । उनीहरुको रेखदेख र निगरानी स्थानीय समुदायले गरिरहेका छन् ।
शनिबार बेलुका सम्म वडा नम्बर १ मा ११३ जना महिला, १५५ जना पुरुष, ३० जना वालवालिका र ३ जना गर्भवती छन् । वडा नम्बर २ मा ७० पुरुष, २८ महिला, १० जना वालवालिका र १ जना गर्भवती रहेका छन् ।
वडा नम्बर ३ मा ३२ जना पुरुष, ११ जना महिला र २ जना वालवालिका छन् भने वडा नम्बर ४ मा ४६ जना पुरुष, ६ जना महिला र १ जना बालवालिका रहेको फोकल पर्सन सेनले जानकारि दिए । वडा नम्बर ५ मा १४५ जना पुरुष, ४३ जना महिला छन् भने वडा नम्बर ६ मा १३७ जना पुरुष, ६३ जना महिला र १२ जना वालवालिका रहेको सेनले बताए ।
उनीहरुको लागि खाद्यान्न लगायतको ब्यवस्थापन, स्वास्थ्य चेकजाँच लगाएतका कार्य गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाभरी २४ स्थानमा बसेका उनीहरुलाई मास्क, साबुन, फिनायल, हर्पिक लगाएतका स्वास्थ्य तथा सरसफाई सामग्री पुर्याइएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारि दिएका छन् ।
प्रकाशित मिति: १४ बैशाख २०७७, आईतवार ११:५६