कपुरकोटमा थप ५० जनाको आरडिटी, रिपोर्ट नन रियाक्टीभ आयो

सल्यान- थप ५० जनाको ¥यापिड डाईग्नोष्टीक (आरडीटी) गर्दा सल्यान कपुरकोटमा सबैको रिपोर्ट नन रियाक्टीभ आएको छ । बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नन रियाक्टीभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारि दिए ।


नेपालका विभिन्न जिल्लाबाट आएका ४५ जना पुरुष र ५ जना महिलामा ¥यापिड टेस्ट गरिएको थियो । भक्तपुर, ललितपुर, काठमाण्डौँ, लमजुङ, बागलुङ, पोखरा, धादिङ लगाएतका जिल्लाबाट आएका नागरिकहरुको आरडीटी गरिएको थियो ।


यस अघि ११ जनाको पिसिआर र ३६ जनाको ¥यापिड टेष्ट गरिएको थियो । उनीहरु पनि सबैको रिपोर्ट नेगेटीभ आएको थियो । स्वास्थय सेवा कार्यालय सल्यानका डाक्टर दिक्षान्त मल्ल र ल्याव टेक्नीसियन अफिसर भिम रोकाको टोलि कपुरकोट आएर कोरोना पत्ता लगाउन बुधबार ¥यापिड डाईग्नोष्टीक टेस्ट गरेको हो ।

विभिन्न स्थानबाट आएका समुहका ब्यक्तिहरुको प्रतिनिधमिुलक तरिकाले ¥यापिड टेस्ट गरिएको गाउँपालिकाले जनाएको छ । परिक्षण पश्चात गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले सबैको रिपोर्ट नेगेटीभ आएको हुँदा विद्यालय तथा वन भवनमा बस्दै आएकाहरुलाई घर पठाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले घरमा पनि छुट्टै होम क्वारेन्टाईनको रुपमा बस्न अनुरोध गरे । सामाजिक दुरी कायम राख्न, सरसफाईमा ध्यान दिन र होम क्वारेन्टाईनमा बस्न उनले आग्रह गरेका हुन् ।

गाउँपालिकामा हालै मात्रै विभिन्न जिल्लाबाट आएका ८ सय ७९ जना घर नगएर विद्यालय र वन भवनमा राखिएको थियो । गाउँपालिकाको सर्वपक्षिय बैठकले अव संक्रमित जिल्ला तथा भारत लगाएत तेश्रो मुलुकबाट आउने ब्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारि दिए ।

प्रकाशित मिति: १७ बैशाख २०७७, बुधबार १६:५६