
सल्यान । बहु विवाह बदर भएका एक युवक विरुद्द जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कारको मुद्दा दर्ता भएको छ ।
शारदा नगरपालिका–८ सिमखर्क निवासी ३३ वर्षीय युवकले बैशाख २७ गते रारे जंगलको नर्सरीमा लगेर बलात्कार गरेको भन्दै पुर्व पत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दर्ता गराउनु भएकाे छ ।
पीडितले बागचौरमा रहेको मिलबाट घरतर्फ फर्कदै गर्दा कुटपिट गर्दै पुर्व पतिले अदालतको फैशलाले आफुलाइ पतिपत्नी नमाने पनि आफुले पत्नी मानेको हो भन्दै जबरजस्ती करणी गरेको पीडितले बताएको प्रहरीले जनाएको छ ।
बहु विवाहको सजाए भोगेर ०७६ बैशाखमा कारागार बाट छुटेका दुबै जना छु्टटिएर बसेकाे समयमा अाराेपितले अाफुलाइ बलात्कार गरेको पीडितको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
कभरखबरसग कुरा गर्दै प्रहरी प्रमुख खतिवडाले घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइ रहेको बताउनुभयाे । पीडितको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।
प्रकाशित मिति: २८ बैशाख २०७७, आईतवार १४:५०