
इन्द्र बुढाथोकी
सल्यान – सल्यानको पश्चिम क्षेत्रमा आइतबार वेलुकि चलेको हावाहुरीले केही विद्यालय, र स्वास्थ्य चौकीको छाना उडाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमावि गराको २ कोठे ट्रस्ट भवनको छाना उडायो भने केही दिन अगाडि वडा नम्बर १२ को निगाल्चुलामा रहेको स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ ।
असिना,पानी र हावाहुरीले निगाल्चुलाका केही भुभागमा तरकारी तथा फलफुलमा समेत क्षेती पुर्याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभएको छ ।
त्यसै गरी भेरी निमावि गराको२ कोठे ट्रस्ट भवनको जस्तापाताको पुरै छाना उडाएको छ । हावाहुरीको क्षेती एकिनको लागि बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरी, योजना अधिकृत धर्मराज ढकाल, इन्जिनियर महेश देवकोटाको टोलिले हावाहुरीबाट छेदविच्छेद विद्यालयको अनुगमन गर्नुभएको छ ।
निगाल्चुला स्वास्थ्य चौकी इन्चार्ज कमल ओलिका अनुसार स्वास्थ्य चौकिको जस्ता पाता उडाएको र कर्मचारीलेनै सामान्य मर्मत गरेर स्वास्थ्य चौकी भित्र पानी पस्न बाट बचाएको फेरि हावाहुरी तथा पानी आएमा स्वास्थ्य चौकीमा समस्या हुने वलिले बताएका छन ।
प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार १७:०६