शान्तिनगरको कवारेनटाईनमा १५ जना थपिए, वडा नम्बर ३ सिल

दाङ- दाङको शान्तिनगरमा थप १५ जनालाई क्वारेनटाईनमा राखिएको छ । गाउँपालिकाले वडा नम्बर ३ को बि पि माध्यमिक बिद्यालय बयाले सिमतरामा संचालनमा ल्याइएको क्वारेन्टाइनमा १५ जना थपिएका हुन् । क्वारेनटाईनमा भर्ना गरिएका मध्ये वडा नम्बर एक का १ जना र वडा नम्बर तिनका २ जना भारत बाट आएको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जनाएका छन । अन्य १२ जना नेपालका विभिन्न जिल्ला बाट आएको संयोजक पुनले जनाएका छन ।

साथै गाउँपालिकाले वडा नम्बर २ मा १० बेडको आइसुलेसन सेन्टर संचालनमा ल्याउन लागेको गाउापालिकाका अध्यक्ष कमानसिंह डाागीले जनाएका छन् । दाङ्गमा कोरोना भाइरस संक्रमित बिरामी देखा पर्न थाले पछि वडा नम्बर ३ लाई आईतबार देखि तीन दिनका लागि सिल गरिएको वडा अध्यक्ष बुद्धि राम तिवारीले जनाएका छन । गाउँ पालिकाले कोरोना भाइरस संक्रमन फैलन नदिन अन्य विविध खालका रचनात्मक कार्य समेत गरेको जनाएको छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार १९:०४