
इन्द्र बुढाथोकी
सल्यान- बनगाड कुपिण्डे नगरपालिकाको क्वारेन्टाइन बसेकाहरुको आरडिटि परिक्षण र स्वाव संकलन गरिएको छ । जिल्ला अस्पताल सल्यानको प्रविधिक सहयोग र बनगाड कुपिण्डे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अन्तर जिल्लाहरु बारा, धादिङ, रामेछापबाट आएका ११ जनाको आरडिटि चेकजाँच गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
यस्तै भारतबाट आएका ७ जना र बाराबाट आएका २ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको स्वास्थ्य शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिएका छन । प्रभाकर माद्यामिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा वसेका उनीहरुको आरडिटि परिक्षण तथा स्वाव संकलन गरिएको हो ।
नगरका ६ हजार ८६ जना नागरिक भारतमा
यसैविच नगरपालिकाका विभिन्न वडाका गरेर ६ हजार ८६ जना भारतमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको तथ्यांक अनुसार रोजगारीको शिलशिलामा भारत पुग्नेमा १ न वडामा १ हजार ५० जना, २ नम्बर वडमा ६ सय ६७ जना, ३ नम्बर वडामा ९ सय ६९ जना, ४ नम्बर वडामा ५ सय ७९ जना, ५ नम्बर वडामा ६ सय ३४ जना, ६ नम्बर वडामा ४ सय ९८ जना, ७ नम्बर वडामा ३ सय ५१ जना, ८ नम्बर वडामा ५ सय ४१ जना, ९ नम्बर वडामा ३ सय ४५ जना, १० नम्बर वडामा १ सय ३७ जना, ११ नम्बर वडामा १ सय ७५ जना र १२ नम्बर वडामा १ सय ३० जना रहेका छन् ।
नगरपालिकाले आफ्नो नगर भित्रका खाद्य पसल हप्तामा ३ दिन खोल्ने निर्णय गरेको छ । आइतवार, विहिवार र शुक्रबार विहान ६ वजे देखि ९ बजेसम्म र बेलुका ४ वजे देखि ६ वजे सम्मको समय तोकिएको छ । अत्यावश्यक औषधि पसलहरु नियमित खुल्ने र तरकारी पसलहरु भने नियमित तथा खाद्य पसल खुल्ने समय अनुसार दैनिक सञ्चालन गर्ने निर्णय गरेको नगरले जनाएको छ । यसैगरी नगरपालिका भित्रका केही व्यक्ति रुपैडिया नाकामा आइसकेको र उनिहरुलाइ उद्धारको लागि पहल गर्न आग्रह गरिएको छ ।
शनिबार बसेको नगर कार्यपालिकाको बैठकले बनगाड क्याम्पस बनगाड सुनौलीबजार र नव ज्योती मावी अधेरी बाबियाचौरमा कवारेनटाईन निर्माण गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: ४ जेष्ठ २०७७, आईतवार १९:३७