
सल्यान ।शारदा नगरपालिका – १० को वडा कार्यालयमा शुक्रबारदेखी लागेको ताला खुलेको छ ।
नगर प्रमुख शुरेस अधिकारीको नेतृत्वमा घटनाबारे जाँचबुझ गरि दुबैपक्षको छलफल पश्चात वडाको ताला खुलेको ।
राहत वितरण पारदर्शि नभएको आरोप लगाउँदै केही स्थानीयले शुक्रवार बेलुका वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
सो घटनाको छानबिन गर्न जिल्लाबाट नगर प्रमुख आफै वडा कार्यालयमा पुगेर दुबै पक्ष संग छलफल गर्नु भएको थियो ।
छलफलमा तालाबन्दी गर्ने पक्षले आगामी दिनमा कानुन हातमा नलिने सहमती गरि माफी मागेको साथै राहत कार्यक्रम समेत प्रभावकारी प्रभावकारी ढंगले अगाडी बढाउने सहमती भएको मेयर अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार १५:४९