
सल्यान– सल्यानको कालिमाटी गाउंपालिकामा भारतबाट आएका २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । यहि जेठ ८ गते भारतबाट कालिमाटी आइपुगेका उनिहरुको आरडिटी रिपोर्ट नन रिएक्टिभ ( नेगेटिभ ) आएको गाउंपालिकाले जनाएको छ । गाउंपालिका उपाध्यक्ष सनशिलता ओलि डिसीले भनिन् , ´नेपालगन्जको रुपैडिहा नाका हुँदै आएका हाम्रो गाउंपालिकाका २४ जना नागरिकहरुको कोरोना भए नभएको जाँच गर्नका लागि आरडिटी गरियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ ।`
उनिहरुलाइ गाउंपालिकाले क्वारेन्टाइनमा राखेको छ । वडा नम्बर ७ स्थित घुइयाबारिमा निर्माण गरिएको क्वारेन्टाइनमा अहिले भारतबाट आएका २४ जना बसिरहेको उपाध्यक्ष डिसीले जानकारी गराइन । फेरि र्क हप्ता पछि उनिहरुको पिसिआए परिक्षण गरिने उनले जनाइन । कालिमाटी गाउंपालिकाले ४ स्थानमा क्वारेन्टाइन निर्माण गरेको जनाएको छ । यस अघि क्वारेन्टाइनमा बसेकाहरुलाइ आरडिटी तथा पिसिआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको पालिकाले जनाएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०७७, आईतवार ०७:४७