क्रसर उद्योग संचालनमा आफ्नो संलग्नता नभएको कालिमाटी गाउँपालिका अध्यक्षको दावी

सल्यान । सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले कालिमाटी गाउँपालिकाको वडा नम्वर १ दलपुरेमा संचालन भैरहेको क्रसर उद्योगमा आफ्नो संलग्नता नभएको दावी गर्नुभएको छ ।

मदन भण्डारी राजमार्ग अन्तरगत पर्ने तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडकको ठेक्का लिएको कालिका प्यासिफिक जेभीले सडक निर्माण अवधिभरका लागी कालिमाटी गाउँपालिकाको वडा नम्बर १ दलपुरेमा क्रसर संचालन गरेको जानकारी गाउँपालिकाकलाई ०७६ फागुन ५ गते गराएको उहाँले विज्ञप्ती जारी गर्दै उल्लेख गर्नुभएको छ ।

उहाँले राजनितिक प्रतिशोधका आधारमा केहि व्यक्तिहरुले आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताउनुभयो । जनप्रतिनिधिहरुको आडमा सल्यानको कालिमाटीमा अवैध क्रसर उद्योग संचालन भएको समाचारप्रति मेरो आपत्तीे छ उहाँले भन्नुभयो यस घटनामा आप्mनो कुनै संलग्नता छैन ।


यसैविच उपाध्यक्ष सहनशिलता वलीले गाउँपालिका अध्यक्ष लगायत विरुद्द अख्तियारमा मुद्दा परेको विषयमा गाउँपालिकामा अख्तियार बाट कुनै पत्र नआएको प्रतिक्रिया दिनुभयो ।

जिल्लाबाट समन्वय समिति प्रमुख क्रसर अनुगमन गर्न आउनुभएको हो उहाँले भन्नुभयो आफुहरुको नाममा मुद्दा परेको भन्नेबारे केहि थाहा भएन । उहाँले क्रसर उद्योगमा आफन्तको नामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउनु भयो । फलानोको भाइ भनेर लेख्दा त मेरो चरित्र हत्या भयो नि उपाध्यक्ष वलीले भन्नुभयो जसको समाचार हो उसैको नाम लेख्दा राम्रो हुन्थ्यो अरुको समाचारमा मेरो नाम किन लेख्ने ?

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार १४:०२