कभर खबर

  • १६ जेष्ठ २०७७, शुक्रबार ११:५३

चाैरजहारी घटनाप्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण

 प्रचण्ड खत्री

रुकुम पश्चिम् अन्तरजातीय प्रेम सम्बन्धकै कारण हत्या गरिएका पश्चिम रुकुमका नवराज विकको घटनालाई संसदीय समितिबाट अध्ययन गर्न माग गरिएको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिकाका दलित अधिकार कर्मीहरुले प्रेस बिज्ञप्ति निकालेर दोशिलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छ्न ।

अहिले सम्म भेरी नगरपालिका रानागाउ तथा बेहुला नबराज बि क चौरजहारी नगरपालिका १ का टिकाराम सुनार , भेरी नगरपालिका ४ का गणेश बुढा भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार , भेरी नगरपालिका ४ का सन्जु बि क गरि ५ जनाको निधन भएको छ भने भेरी नगरपालिका ११ का गोबिन्द शाही अझै बेपत्ता छ्न । रुकुम पश्चिमका दलित अधिकार अर्मिका अनुसार रुकुम पश्चिमका ६ वटै स्थानिय नगर तथा गाउँपालिकाहरु जातिय छुवाछुत मुक्त तथा सद्भाव युत्त घोषणा भैसकेका छ्न ।

धर्म निरपेक्ष राज्य र छुवाछुत मुत्त राष्ट्र घोषण भै सबैधानिक तथा छुवाछूत कसर ऐनको ब्यबस्था गरि सकेको अबस्थामा जातकै कारण यो घटना हुनाले लोकतान्त्रिक गणतन्त्र ब्यबस्था धर्म निरपेक्ष राज्य तथा सबैधानिक रास्ट्र उपाहास भएको छ , प्रेस बिज्ञप्तिमा भनियको छ ।यस्था खाले अमानवीय हत्या काण्ड हुनु घोर निम्दनिय छ । सो घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कानुन बमोजिम कडा कारबाही गर्न स्थानिय प्रशासनको गम्भीर ध्यानाकर्षण गराउदछौ । नेपाल दलित मुक्ति सङठन बाफिकोट गाउपालिका अध्यक्ष दिपक बि कको हस्ताक्षरमा प्रेस बिज्ञप्ति निकालियको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार ११:५३