१० जनाको स्वाब संकलन गरेर दाङ पठाइयो

सल्यान- हालै भारतका विभिन्न स्थानबाट आएर क्वारेनटाईनमा बसेका सल्यान कपुरकोटका १० जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परिक्षण गर्नका लागि शुक्रबार उनीहरुको स्वाब संकलन गरेर दाङ पठाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जिल्ला अस्पतालबाट कीट ल्याएर कालिका माविको क्वारेन्टाईनमा बसिरहेका १० जनाको स्वाब संकलन गरेर कोरोना भएनभएको परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही स्थित प्रयोगशालामा पठाइएको जानकारि दिए । अध्यक्ष सेनले गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले अहोरात्र काम गरिरहेको पनि जनाए ।

भारतबाट आएका नागरिकहरुमा कोरोना संक्रमणको आशंका गरेर गाउँपालिकाले पिसिआर परीक्षणको लागि पहल गरेको जनाएको छ । मेडिकल अधिकृत डाक्टर शनम शाख्य सहित स्वास्थ्यकर्मीको टोलिले स्वाब संकलन गरेर दाङ पठाएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए । शनिबार सम्म रिपोर्ट आउने उनले बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न सचेतनामुलक क्रियाकलापहरु संगै संकास्पद व्यक्तिलाई परीक्षण गर्ने कार्यलाई पनि जोड दिइएको स्वास्थ्य संयोजक अरुण दाहालले जनाएका छन् । उनले कोरोना परीक्षण गर्न आवश्यक पर्ने भीटीएम ल्याउन लागेको जनाउदै गाउँपालिकामा परिक्षणको दायरालाई बढाइने बताए ।

सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न र स्वास्थ्यकर्मीले दिएका सुझावहरु ग्रहण गरेर त्यस अनुसारको ब्यवहार गरी कोरोना विरुद्धको लगाईमा लाग्न गाउँपालिकाले आफ्ना नागरिकहरुलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार १८:४५