
कपुरकोट – कपुरकोट गाउँपालिकाको क्वारेन्टाईनमा बसेका सम्पूर्णको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना भाईरस पत्ता लगाउनका लागि ४७ जनाको स्वाबक संकलन गरेर प्रयोगशालामा पठाइएको गाउँपालिकाले जनाएको छ ।
भारतबाट फर्किएर कवारेन्टाईनमा बसेका २७ जना र देश भित्रैबाट आएका संकास्पद १० जना गरी ३७ जनाको मंगलबार स्वाब संकलन गरेर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाइएको कोभिड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारि दिए । यस अघि गत शुक्रबार भारतबाट आएका १० जनाको स्वाब पठाइएको थियो । तर उनीहरुको रिपोर्ट अझै आएको छैन ।
संक्रमित तथा उच्च जोखिममा रहेका जिल्लाबाट आएका ब्यक्ति, भारत बाट फर्किएका नागरिकलाई बोकेका सवारि साधनका चालक, सहचालक तथा प्रहरीको पनि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको फोकल पर्सन सेनले जानकारि दिए । मेडिकल अधिकृत डाक्टर शनम शाख्य, गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहाल सहित स्वास्थ्यकर्मीको टोलिले स्वाब संकलन गरेर दाङ पठाएको हो ।
प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलवार १६:३५