
इन्द्र बुढाथोकी
सल्यान।सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेटिएका १७ जना कोरोना संक्रमितहरुलाइ तिनदिन बिती सक्दापनि आइसोलेसनमा पुर्याउन सकिएको छैन् ।
कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाइ सोमबार स्थानीय विद्यालयमा बनेका क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पोजेटिभ देखिए लगतै आइसोलेसनमा लिनु पर्ने हो तर ३ दिन विति सक्दा पनि क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
प्रभाकर माबी देवस्थलका ३ जना र बनगाड क्याम्पस बनगाड सुनौलीका १४ जना गरि जम्मा १७ जनालाई अहिले सम्म आइसोलेसनमा लिएको छैन । उनिहरुले विद्यालयको बरन्डामा दैनिकी विताइरहेका छन ।
‘यहाँ हामी धेरै छौ शौचालय देखि खानेपानीका धारा एउटै छन साथिहरुले हेप्छन धारा नछोउ हामिलाइ पनि सर्छ भन्छन एक संक्रमितले भन्नुभयो, यस्तो अवस्थामा हामी माथी अन्याय भएकोे छ ।’
कोरोना पोजेटिभ देखिएका अर्का संक्रमितले भन्नुभयो,‘अहिले हामी भवनको बाहिरी बरन्डामा बस्ने सुत्ने गर्छौ,सधै भोलि भोलि लिन्छौ भन्दै दिन टार्ने काम गरेका छन। संक्रमित भएको समयमा अरु समयभन्दा बढी सफा र सुरक्षित स्थानमा राखेर उपचार शुरु गर्नुपर्नेमा अझैपनि हामीले बरण्डामा रात बिताउनु परेको छ ।’
नगरपालिकाका सुचना अधिकारी धर्मराज ढकालले जिल्लामा आइसोलेसन बनाउने तयारी नपुग्दा संक्रमितहरुलइ जिल्ला पठाउन नसकेको बताउनु भएको छ । यता सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेलले भने आज साँझ सम्म जिल्लाको सदरमुकाममा निर्माण भएको आइसोलेसनमा ल्याउने तयारी भएको र आफू लगाएत नेपाली सेना टोलि लुहापिङ्गमा आइसोलेसन बेड बनाउन लागि परेको बताउनु भयो ।
उहाँले भन्नुभयो‘संक्रमितहरुलाइ हामीले हिजोनै ल्याउने तैयारी गरेका थियौं, तर काम सम्पन्न भइ नसकेको कारण केही ढिलाइ भएको हो ।’बनगाड कुपिण्डे नगरपालिकामा १३ गते पठाएको ३ सय ९३ पिसिआर मध्य १ सय ५८ जनाको रिपोर्ट मध्ये ४२ जनाको पोजेटिभ आएको छ । १५ गते पठाएको १ सय ६६ जनाको र १८ गते पठाएको १ सय ५१ जनाको रिपोर्ट अहिले सम्म आएको छैन ।
प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १७:१७