
सल्यान । सल्यानमा नंया थप २८ जना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा संक्रमण देखिएको हो ।
यो संगैं सल्यानमा संक्रमितको संख्या १सय २० पुगेको छ । थप संक्रमण पुष्टि भएका व्यक्ति १६ देखि ६० बर्ष उमेर समुहका छन् ।
आज थपिएका संक्रमितहरु जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा २५ पूरुष र १ महिला र कुमाख गाउँपालिकामा २ जना पुरुष गरि २८ जनामा संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टाइन मा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित मिति: २५ जेष्ठ २०७७, आईतवार १५:२४