
सल्यान,०७७ जेठ २६
जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि यहाँका जनप्रतिनिधिहरु सक्रिय रुपमा खटिएका छन् । कोरोना संक्रमितहरुलाइ आइसोलेशन व्यवस्थापन तथा भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने लगायतका क्रियाकलापमा अहिले स्थानीय सरकार लागी परेको छ ।
यस्तो विषम परिस्थितिमा केन्द्र तथा प्रदेश सरकारले समयमा आवश्यक सहयोग नगरेको स्थानीय सरकार प्रमुखको भनाइ छ ।बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले नगरभित्र जिल्लाकै सबैभन्दा बढी कोरोना संक्रमित भएको रिपोर्ट आउन थालेपछि व्यवस्थापनमा सहयोग गर्न प्रदेश तथा केन्द्र सरकारले चासो दिनु पर्ने बताउनु भएको छ ।
नगरभित्रका ३१ वटा क्वारेन्टाइनमा १हजार ७ सय ८७ जना बसी रहेको जानकारी दिंर्दै उहाँले व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।क्वारेन्टाइनमा बसेकाहरुको पीसिआर रिपोर्ट प्रदेश कार्यालयबाट भद्रगोल रुपमा आउनथालेपछि २१ दिन देखी क्वारेन्टाइनमा बसीरहेकाहरुलाइ समेत घर पठायन नसकेको उहाँको भनाइ छ। नगरका क्वारेन्टाइनमा बसेकाहरुको पहिलो चरणमा पठाएका ३ सय ९३ जनाको रिपोर्ट १४÷१५ दिन पुग्दासम्म पनि नआउँदा संक्रमण अझैपनि फैलिने खतरा रहेको उहाँको भनाइ छ।
हाल सम्म नगर भित्रका ७ सय २० जनामा १सय ७ जनामा कोरोना संक्रमण पुष्टी भएको र बाँकी २०० जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। प्रदेश सरकारले यस विषयलाइ गम्भीरताका साथ लिएर पीसीआर रिपोर्ट छिटो र व्यवस्थित तरिकाले पठाउन पहल गर्नुपर्ने उहाँको भनाइ छ । यहाँका १ हजार ६७ जनाको पीसीआर गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय नगरपालिकामा १५ सय बढी नागरिक भित्रिएका छन् । उनीहरुको स्वास्थ्य अवस्था, वसाइ, खानपिन, वत्ती लगाएतको अबस्था बुझ्न नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मञ्जु यरी क्वारेन्टाइनमा पुग्नु भएको छ । यस्तै सल्यानको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले १० दिन पुग्दा पनि कोरोना रिपोर्ट नआउनु लज्जास्पद भएको बताउनु भएको छ । भारतबाट आएका नागरिकहरुको स्वाव संकलगन गरी कोरोना परिक्षणका लागि सुर्खेत पठाएका रिपोर्ट समयमा नअएको भन्दै उहाँले व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।
उहाँले भारतका विभिन्न ठाउँबाट चैत्र ८ गते देखि जेठ २५ गते सम्म ५सय ३८ जना आएको र सबैलाइ हाल गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखेको बताउनुभयो । उहाँले संघ तथा प्रदेश सरकारलाइ जिल्लाबाट पठाएका रिपोर्टहरु तत्काल पठाउने व्यवस्था गर्नुपर्ने वातावरण मिलाउन आग्रह गर्नु भएको छ । क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बुभ्mदै उहाँले सरकारलाइ सहयोग गरेकोमा नागरिक लाइ धन्यवाद व्यक्त गर्नु भएको छ । कुमाख गाउँपालिकामा हालसम्म ४ जनामा कोरोना पुष्टी भएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलवार ०७:५६