कर्णाली पंदेशका आर्थिक मामिला मन्त्री ज्वालाको पहलमा सल्यानका सबै पालिकालाइ राहत समाग्री

सुर्खेत ।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको विशेष पहल र अनुरोधमा कोपिला भ्याली समाज सुर्खेतले सल्यान जिल्लाका सबै पालिकालाइ राहत समाग्री उपलब्ध गराएको छ ।

जिल्लाका दशवटै पालिकामा रहेका क्वारेन्टाइनहरूमा रहेका व्यक्तिहरूलाइ आवश्यक पर्ने औषधि, पिपिइ सेट, एन नाइन्टीन मास्क, सेनिटाईजर, चामल, कालो म्याट, सावुन, व्रस, मन्जन, ओछ्याउने कपडा, बाल्टी आदी स्वास्थ्य र खाद्य लगायत साम्रागी उपलब्ध गराइएको मन्त्री ज्वालाले बताउनुभयो ।

सो सामग्रीहरू कोपिला भ्याली समाजका अध्यक्ष टोब बहादुर मल्लले आर्थिक मामिला मन्त्री ज्वालालाई हस्तान्तण गर्नु भयो ।
सामाग्री बुभ्mदै मन्त्री ज्वालाले सहयोगको लागि कोपिला भ्याली समाज, अध्यक्ष तथा सम्पूर्ण सहयोगी हातहरुलाई कर्णाली प्रदेश तथा सल्यान जिल्लाको तर्फबाट धन्यवाद सहित आभार प्रकट गर्नु भएको छ ।

अहिलेको विषम परिस्थितिमा सहयोग गर्ने कोपिला भ्याली लयागत अन्य सहयोगीहरुलाइ उहाँले प्रशँसा गर्नुभयो ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलवार १४:३०