सल्यानमा बालिका बलात्कार गर्न खोजेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

सल्यान । १३वर्षीया बालिकालाइ जबरजस्ती करणी गर्न खोजेको आरोपमा सल्यानमा ५६ वर्षीय पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१ निवासी बालिकालाइ जेठ २२ गते स्थानीय जंगलमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा मंगलवार आरोपितलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जंगलमा बाख्रा चराउन गएको बेला बालिकालाइ करिब ५ बजेको समयमा जंगलमा आइ लछार पछार गरेको र प्रतिकार गर्न खोज्दा कपडा समेत च्यातिएको पिडीतको जाहेरीमा उल्लेख छ ।

घटनाका विषयमा अभिभावकलाइ भनेपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए। लकडाउन चली रहँदा पिडितपक्षले जेठ २७ गते मात्र जिल्ला प्रहरी कार्यालय सल्यानमा आइ आरोपित विरुद्द मुद्दा मर्ता गराएका छन् ।

सोही मुद्दाको आधारमा आरोपितलाइ १० दिनको म्याद थप गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे। पीडितको स्वास्थ्य परिक्षण जिल्ला अस्पताल सल्यानमा जेठ २६ गते गरिएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार १४:३७