दार्मा गाउँपालिकामा दूइ सय २४ जनाको पीसीआर नेगेटिभ,क्वारेन्टाइनबाट ६६ जनालाइ घर पठाइयो

प्रकाश शर्मा ,दार्मा। सल्यानकाे दार्मा गाउँपालिकामा दूइ सय २४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।बैशाख २० गते लिइयको स्वाब संकलनामा दार्मा गाउँपालिकामा भारत बाट आयका ब्यक्ति २ सय २४ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आयको हो ।
रिपोर्ट नेगेटिभ आएका मध्ये ६६ जनालाइ घर पठाइएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो ।

जसमध्ये जनज्योति माबि फारुला बाट ११ ,जन कल्यान प्राबि स्यालागाउ बाट १६ ,बाल ज्ञानोदय प्राबि काफल गैरा बाट ३० ,सुर्याेदय माबि गोठिबन बाट ५ र भृकुटि प्राबि किमुटाकुरा बाट ४ जना गरि जम्मा ६६ जनालाइ घर पठाइएको उहाँले जानकारी दिनुभयो ।

घर फर्किएकाहरुलाइ ७ दिनसम्म होम क्वारेन्टाइन बस्ने गरि घर पठाईयको उहाँले बताउनुभयो ।बाँकी १ सय ६९ जना को १४ दिन पुगेपछि डिस्चार्ज हुने स्वास्थ साखा नि प्रमुख यज्ञ खड्काले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार १७:०४