सल्यानका एम्बुलेन्स चालकहरुको गुनासोः समाजले हेप्छ,व्यापारीले सामान दिदैनन्

सल्यान । सल्यानमा रहेका एम्बुलेन्स चालकहरुलाइ आप्mनै घर जान रोक लगाएपछि उनिहरु निराश बनेका छन् । कोरोना भाइरस विरुद समाजसेवामा ज्यानको बाजी लगाएर लडी रहेको अवस्थामा समेत समाजले घृणा गरेपछि निराश बनेको सल्यान अस्पतालका एम्बुलेन्स चालक मुकेश थापाले गुनासो गर्नुभयो ।
उहाँले हामी एम्बुलेन्स चालकहरु कोरोना संक्रमितहरुलाइ सुरक्षा अपनाएर सेवा दिरहेका छौं,‘यस महामारीमा देश र समाजको सेवाका लागि अग्र पन्तिमा आफुलाइ राखेर कोराना विरुद्ध लडाइ लडिरहेका छौं तर हामीलाइ नत राज्य लेनै सम्बोधन गर्यो,नत समाजले नै सहज रुपमा बाँच्न दिएको छ ।’
घर जान बाट वन्चित भएका आफुलाइ व्यापारीले समेत घृणा गरेको उहाँ बताउनुहुन्छ ।‘केही सामान किन्न पसलमा गयौं भने कित पसलका सटर नै बन्द गरिन्छ कि भने सामाननै छैन भनेर टार्ने गरिएको छ उहाँले भन्नुभयो, अहिले त गाउँमा एम्बुलेन्स समेत पार्क गर्न दिइदैन।’उहाँले गाउँमा अग्रजहरुले हौसला दिनुको साटो दुरुत्साहित गर्ने र गाउँमानै जानबाट रोक लगाएकोमा आपत्ती जनाएका छन् ।


यस्तै दार्मा गाउँपालिकाका एम्बुलेन्स चालक तुल्सीराम बुढाथोकीले पहिले संगै बस्ने साथीहरुपनि अहिले बाटो काटेर हिड्दा पीडा हुने गरेको बताउनुहुन्छ ।गाउँपालिका नजिकै कोठा लिएर बस्ने गरेको बताउँदै उहाँले विगत डेढ महिना देखी घर नगएको बताउनुभयो ।‘अहिले समाजले हेर्ने दृष्टीकोणनै फरक छ उहाँले भने यस्को असर पपरिवारमा नपरोस भनेर घर गएको छैन् ।’
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन सल्यानका अध्यक्ष यज्ञ बहादुर केसीले भन्नुभयो समाजले अहिले एम्बुलेन्स चालक प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु स्वाभाविक रहेको बताउनुभयो ।उहाँले चालकहरुलाइ गाउँमा प्रवेश निशेध गर्नु स्वाभाविक रहेको बताउँदै अहिले कसैले पनि स्वास्थ्य प्रति खेलवाड गर्न नचाहने हुँदा यस्तो भएको बताउनुभयो ।

तर व्यापारी,व्यवसायी र जनप्रतिनिधिहरुले पनि यस्तो खालको व्यवहार नगर्न उहाँले अनुरोध गर्नुभयो । चालकहरुले अहिले समयमा खान समेत पाएका छैनन् उहाँले भन्नुभयो लामो दुरीमा जानु परेको समयमा एम्बुलेन्स चालकलाइ खाना त के पानी पनि कसैले दिंदैन् ।यस्तो समयमा दिभरी भोकभोकै समेत काम गर्नुको पीडा संगै अरुले गरेको व्यवहारले पनि थप पिडा हुँदो रहेछ उहाँले भन्नुभयो ।
कोरोना विरुद्द लागेका अन्य व्यक्त्ीहरुले थप सेवा सुविधा पाउने गर्छन तर हामीले त खै समयमा खान समेत पाउँदैनो यस्तो कुरामा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी रहेको उहाँको भनाइ छ ।

ट्रेड युनियनमा आवद्द १० जना एम्बुलेन्स चालक मध्ये अधिकाँशले पुर्णकालीन कर्मचारीको रुपमा समेत सेवा सुविधा न पाइ रहेको समयमा यस्तो समयमा थप भत्ताको समेत व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । हाल सल्यानमा १७ वटा एम्बुलेन्स रहेकोमा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स विग्रिएको अवस्थामा रहेको छ भने १६ वटा एम्बुलेन्स संचालनमा रहेका छन् । यता प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले समाजमा गलत अफवाहहरु बढी फैली रहेका कारण यस्तो व्यवहारहरु देखिएको बताउनुभयो ।

उहाँले समाजका सबै व्यक्तीलाइ यो कुरा बुभ्mन अलि समय लाग्ने बताउनुभयो । एम्बुलेन्स चालकहरुको हकमा उनिहरुलाइ समान विक्रि वितरण गर्दैमा कोरोना सर्दैन,उहाँले भन्नुभयो,सावधानी अपनाएर अन्य सरह व्यवहार गर्नुनै मानवता हो ।तर यदि आगामी दिनमा यस्तो व्यवहार गरेको पाइएमा सम्बन्धित पालिका प्रमुखसंग समन्वय गरेर खबरदारी गर्ने उनले बताए । उनले यो समयमा सबै एकजुट भएर कोरोनाको त्रास भन्दा पनि सचेतनाको बारेमा बढी प्रचार प्रसार गर्ने समय रहेको बताउनुभयो ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार २१:५९