सल्यानमा थप ४ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १सय ७२ पुग्यो

सल्यान ।
सल्यानमा थप ४ जना कोरोना संक्रमितहरु थपिएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा ४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स‌क्रमितहुनेहरुमा  बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ४ का २३ बर्षिय एक जना पुरुष, वडा नम्बर ५ का २२ बर्षिय एक जना पुरुष र वडा नम्बर ६ का १८ र ३५ बर्षिय दुइ जना पुरुष रहेका छन् ।

कार्यालय प्रमुख अर्जुन बुढाका अनुसार आज थपिएका संक्रमितहरु संगै जिल्लामा कोरोना पोजेटिभको संख्या १ सय ७२ पुगेको छ ।

हाल सम्म जिल्लाभर ४ हजार ६१ जनाको आरडीटी परिक्षण गरिएकोमा ४ हजार १६ जानको रिपोर्ट नेगेटिभ आएको छ भने ४५ जनामा आरडीटी पोजेटिभ देखिएको कार्यालय प्रमुख बुढाले जानकारी दिनुभयो ।  यसैैबिच हाल सम्म सल्यानमा ६६ जनाले कारोनो जितेर घर फर्कि सकेका छन् ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार १८:५२