विदेशबाट फर्किएकालाइ रोजगारी दिलाउने शारदा नगरपालिकाको बजेटकाे प्राथमिकता

मिना बुढाथोकी
सल्यान,असार १०
सल्यानको शारदा नगरपालिकाले वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तीहरुलाइ लक्षित गरि रोजगारीको सृजना गर्ने भएको छ । नगरपालिकाको सातौं नगर सभाबाट प्रस्तुत नीति तथा कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण भारत लगायत अन्य क्षेत्रबाट रोजगारी गुमाएर गाउँ फर्किका विपन्न बेरोजगारहरुको लागि स्थानीय स्तरमा रोजगारी श्रृजना गर्ने नीति नगरपालिकाले अघि सारेका छ ।

आर्थिक वर्ष ०७७।७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुरेश अधिकारीले यस्तो कुरा सार्वजनिक गर्नुभयो ।समृद्ध समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरबासी भन्ने मुल नाराका साथ स्वास्थ्य, कृषि, शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको नगरले जनाएको छ ।


जनताको स्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखेर निती तथा कार्यक्रम बनाएको नगर प्रमुख अधिकारीले बताउनुभयो । बेरोजगार युवाहरुलाइ रोजगारीमा जोड्नका लागी कृषिलाइ समत प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । यस्तै राहतमा समेत केही रकम विनियोजन गरेको र क्रमागत योजनाहरुपनि निरन्तरता दनिे उहाँले बताउनुभयो । त्यस्तै,नगरले निर्माण गरिरहेका क्रमागत र गौरवका योजना हरुको निरन्तरता,पुर्वाधार बिकाश,बाकी रहेका ठाउँ हरुमा बिधुतीकरण,श्रीनगर बजारमा अत्याधुनिक बसपार्क निर्माण,लघुउद्धम बिकाश,जेस्ठ नागरिक,अपाङ्ग र अन्य लक्षितवर्गका लागि उत्थान कार्यक्रम,र प्रयटन प्रवर्धन लाई पनि कार्यक्रममा प्रथमिकता दिइएकोछ।

नगरपालिकाको आगामी वर्षको बजेट झण्डै ५० करोड
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ५० करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उप प्रमुख सावित्रा बस्नतेले आगामी आर्थिक वर्षका लागी ४९ करोड,९९ लाख, १२ हजार ५ सय बराबरको अनुमानित बजेट प्रस्तुत गर्नु भयो ।
स्वास्थ्यलाइ महत्व दिंदै सबै भन्दा बढी स्वास्थ्य तर्फ २ करोडको बजेट विनियोजनगरिएको छ ।स्वास्थ्य तर्फ १५ वटै वडाका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई समयानुकुल सुविधामा वृद्धि गर्ने, १५ वटै वडाहरुमा बसोबास गर्ने जेष्ठ नागरिक तथा शारिरि अपांगता भएकाहरुलाई स्वास्थ्यकर्मीहरुद्धारा घरदैलो मै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने लगायतका क्रियाकलापहरु उल्लेख गरिएको छ ।


यस्तै कृषि तर्फ १ करोड ५० लाख बजेट ििवनियोजन गरिएकोमा कृषि उत्पादनमा आत्म निर्भरता उन्मुख बनाउने नीति नगरपालिकाले लिएको छ । आकाशे पानी संकलन प्रविधिमा जोड, मकै विउ उत्पादन ब्लकको रुपमा विकास, विषादी रहित तरकारी उत्पादनमा जोड, भिरालो जमिनमा गह्रा सुधार ,साना सिँचाई तथा पानी संकलन प्रविधिलाई व्यापक बनाइने उल्लेख छ । शिक्षामा १ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा आधारभुत तथा माध्यमिक शिक्षामा गुणस्तरता ल्याई निःशुल्क र अनिवार्य गर्ने र प्राविधिक शिक्षामा जोड, शैक्षिक बेरोजगारी व्यवस्थापन गर्न सिपमुलक तालिम,प्रारम्भिक बाल विकासका शिक्षकहरुलाई प्रोत्साहनको लागि व्यवस्था गर्ने उल्लेख गरिएको छ ।


यस्तै पशु विकास तर्फ ७५ लाख, राहत ५० लाख, क्रमागत योजनामा ४ करोड, महिला तथा बालबालिका जेष्ठ नागरिक १० लाख बराबरको बजेट विनियोजन गरिएको बस्नेतको बजेट वक्तव्यमा उल्लेख छ ।खेलकुुद तर्फ १ करोड , युवा लक्षित कार्यक्रम तर्फ ८० लाख जेण्डर तर्फ ५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार १७:४२