कालिमाटी गाउँपालिकाको बजेटःखरका छाना विस्थापन देखि अध्यक्षसँग रोजगार कार्यक्रम सम्म

कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागी ४५ करोड ५३ लाख बजेट विनियोजन गरेको छ । स्थानीय उत्पादन र रोजगारलाइ प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।


। यस रकमबाट विद्यालयका विभिन्न शिर्षकहरुलाइ समावेश गरि शिक्षामा व्यापक सुधार ल्याउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो । आर्थिक वर्षका लागी बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष सनशीलता वलीले गाउँपालिकाले सबै भन्दा बढी शिक्षा क्षेत्रमा २ करोड ५० लाख रकम विनियोजन गरेको बताउनुभयो ।


बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष वलीले स्वास्थ्य तर्फ १ करोड ७० लाख,कृषि तथा पशुपन्छी पालन तर्फ १ करोड ५० लाख, अध्यक्ष संग रोजगार कार्यक्रममा २ करोड,दलित तथा विपन्न परिवारको आवासका लागी ५० लाख, लक्षित वर्गको शसक्त्ीकरणका लागी ३० लाख रकम विनियोजन गरेको जानकारी दिनुभयो । यस्तै सडक निर्माण तर्फ ३ करोड ९१ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।

दलित तथा विपन्न परिवारको घरमा खरको छाना विस्थापित गरिने
गाउँपालिकाले यहाँका दलित तथा अति विपन्न परिवारको आवासलाइ मध्यनजर गर्दै खरको छाना विस्थापिति गर्ने भएको छ । सुरक्षित आवास अन्तरगत गाउँपालिका भित्र रहेका सम्पर्ण दलित तथा अति विपन्न परिवारका घरमा रहेका खरका छाना विस्थापित गरि जस्तापाता लगाउनका लागी रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो ।
यस्तै उहाँले कृषि तर्फ एक वडा एक उत्पादन क्षेत्र कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो ।गाउँपालिका भित्र रहेका किसानहरुको जिवनस्तर उकास्ने र आर्थिक अवस्थामा सुधार ल्याउनका लागी ९० लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।यस्तै गाउँपालिकाले बादी समुदायको अवस्था हेरेर जिवनस्तर सुधार गर्न क्षमता विकासको कार्यक्रम अघि सारेको छ।

कक्षा १ देखी ९ सम्मका प्रश्नपत्र गाउँपालिकाले आफै छाप्ने
शिक्षा क्षेत्रलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन भएको यस पालिकाले आर्थिक वर्षदेखी कक्षा १ देखी ९ सम्मका प्रश्नपत्र आफै छाप्ने भएको छ । शिक्षामा एकरुपता ल्याउन गाउँपालिकाले सबै विद्यालयका प्रश्नपत्र आफै छाप्ने भएको हो । यस कार्यक्रमले शिक्षा क्षेत्रको पठनपाठनमा परिवर्तन ल्याउनले गाउँपालिकाले अपेक्षा गरेको छ ।

गाउँपालिका अध्यक्षसंग रोजगार कार्यक्रम
वैदेशिक रोजगारी,भारत र नेपालका विभिन्न स्थानहरुबाट पालिकामा फर्किएका युवाहरुलाइ रोजगार बनाउन आगामी आर्थिक वर्षमा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम संचालन गरिने भएको छ । बेरोजगार युवालाइ प्रत्यक्ष रोजगारीमा जोड्ने र स्थानीय विकासमा समेत टेवा पुग्ने कार्यक्रमको लक्ष्य रहेको छ

बाह्रै महिना सडक संचालन हुने
गाउँपालिकासंग जोडिएका अन्तर पालिका तथा प्रदेश राजधानी जोड्ने मुख्य सडकहरु बाह्रै महिना संचालन हुने भएका छन् ।पालिकाले सडक मर्मत सम्भारकर्ता नियुक्त गरि बाहै्र महिना सडक संचालन गर्ने कार्यमा आवश्यक बजेट विनियोजन गरेको छ ।बाह्रै महिना सडक संचालन भएपछि यहाँ उत्पादित कृषिजन्य वस्तुले समेत बजार पाउने भएपछि कृषकको समेत आयस्तरमा वृधि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार २०:११