मन्त्री सोनलले छुटाएको बजेटमा मनपरी, गुणस्तरहिन निर्माण कार्य धमाधम सम्पन्न हुदै “कमिशनका लागी भाई र आफन्त प्यारो ”

वीरगन्ज । प्रदेश २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले संसदिय बिकाश कोष मार्फत बारामा बिकाश निर्माणका लागी छुटयाएको रकममा अधिकांश बिकाश निर्माण कार्य मनपरि भएको आरोप लागेको छ । मन्त्री सोनलले जनता समाजवादी पार्टीका आफ्नो निकट कार्यकर्तालाई बिकाश निर्माणको दिएको बजेटमा गुणस्तहिन संगै मनपरि भएको आरोप लागेको हो । बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा ढलान भएको सडक एक हप्तामा उप्कीएको स्थानीयले बताएका छन । चालु आर्थिक बर्ष २०७६÷०७७ को अन्तिम असार महिना चलिरहेकाले बजेट पचाउनका लागी राति रातिमा ढलान भएको सडक र नाला उप्कीएको स्थानीयबासीहरुको भनाई छ ।

भौतिक पुर्वाधार तथा बिकाश मन्त्री सोनलले आफ्नो निकट कार्यकर्तालाई चलाउँन दिएको बजेटमा बिकाश निर्माण कार्य मार्फत कमिशन बढि पाउने भएकाले निर्माण कार्य मनपरिले गुणस्तरहीन भेटिएको हो । मन्त्री सोनलले आफुलाइ अधिकांश कमिशन आउने भएपछी सडक ढलान, नाला ,विद्यालय निर्माण लगायतको कार्य गुणस्तरहिन भएको अनुगमन निरिक्षणका लागी पुगेको टोलीले जनाएको हो । उपभोक्ता बनाउने जिम्मेवारी आफ्ना भाईलाई दिए मन्त्री सोनलले आफ्ना भाई रामबाबु सोनललाई जिम्मेवारी दिएर अधिकांश बिकाश निर्माण कार्यको उपभोक्ता समिति गठन गराएको पाएको छ ।

मन्त्री सोनलकै पुख्यौली गाँउ परवानीपुर गाँउपालिका ३ लिपनीमालमा आफ्नै भाई रामबाबु मार्फत पार्टीका निकट बिश्वासिलो कार्यकर्ता मार्फत सडक ढलान गराएका छन । यस्तै बिश्रामपुर गाँउपालिका ,भेटा गाउँपालिकाको अधिकांश वडामा आफ्नै भाई मार्फत आफ्ना नातागोताका आफन्तलाई जिम्मेवारी दिएर काम गराएका छन । यी त मात्र उदाहरणको रुपमा रहेको छ । जिल्लामा र क्षेत्रमा यस्ता जिम्मेवारी भाई रामबाबु मार्फत कति दिएको भने बिषयमा अधिकांश व्यक्ति बेखबर रहेका छन । यस्तै अरु कार्यको जिम्मेवारी नाम मात्रका स्वकिय सचिव , फोटो खिच्ने संतोष यादव ,सन्त यादव र उमेश सोनल मार्फत अधिकांश बिकाश निर्माण कार्यको जिम्मेवारी दिएर उपभोक्ता समिति गठन गराएर कमिशन खाएको पाईएको छ ।

आफ्ना निकट कार्यकर्ता भए बढि कमिशन आउने भएकाले आफ्नो आफन्त र कार्यकर्तालाई जिल्ला भित्र परिचालन गरेका उनीसंग असन्तुष्ट कार्यकर्ताले बताएका छन । एकजनाले निकट कार्यकर्ताले मन्त्री सोनलले भौतिक पुर्वाधार तथा बिकाश मन्त्री बनेपछि आफ्ना आफन्त र निकटका व्यक्ति मात्र पैसा कमाउनका लागी जिल्लामा सक्रिय गरेको बताए । उनले यस्ता समय भविष्यमा आउने कठिन भएकाले यसबेला नै पैसा कमाउनका लागी सबै आफन्तलाई परीचालन गरेको बताए ।

जिल्लाभरीको निर्माण कार्यकोे समाग्री आफनै हार्डबेयरबाट मन्त्री सोनल राजनितिमा आउनु अगाडी परवानीपुर बजारमा हार्डबेयर पसल संचालन गरेर बसेका थिए । २०६४ सालको राजनितिमा उनी बिस्तारै सक्रिय भएर पदमा पुगेपछि उनी चलाएका हार्डबेयर पसल उनका आफ्नै भाई श्याम सरार्फ र अशोक सोनलले संचालन गरेका छन । उक्त हार्डबेयर पसलबाट नै जिल्ला भरीका सडक नाला , भवन लगायतको निर्माणका लागि आवश्कय पर्ने समाग्री चर्को तथा मनपरी मुल्यमा खरीद गर्नुपरेको उपभोक्ता समितिका सदस्यहरु बताएका छन ।

मन्त्रीका भाईहरुले नै मन्त्रीबाट आएको आदेश अनुसार नै सिमेन्ट ,छड ,लगायतका आवश्यक समाग्री दिन थालेको उनीहरुले बताएका छन । मधेशका सहिदहरुले दिएका ज्यानले पाएको प्रदेश २ को सरकारको बहुमत मन्त्रीहरुले “एनि हाउ मनि कमाउ” उद्येश्य पुरा गर्ने तर्फ लागेर साताको दुरुपयोग गरीरहेका छन । मन्त्री सोनलका भाईले संचालन गरेको हार्डबेयर पसलबाट निर्माण कार्यमा आवश्यक पर्ने समाग्री नलिए बजेट रकम काट्ने र उपभोक्ता समितिलाई हैरान गर्ने गरेको उपभोक्ता समितिका पदाधिकारीहरुले आरोप लगाउँदे आएका छन ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार २१:५०