सल्यानमा लकडाउनले तरकारी बारीमै कुहियो,तरकारीले मुल्य नपाएपछि किसानहरु परम्परागत खेतीमै फर्किए

मिना बुढाथोकी ,सल्यान ।
सल्यानमा व्यवसायिक रुपले तरकारी खेती गर्दै आएका किसानहरु फेरी अन्नबाली लगाउन थालेका छन् । कोरोना महामारी चली रहँदा भएको लकडाउनका कारण जिल्लामा उत्पादति तरकारीले बजार नपाएपछि व्यवसायिक रुपले तरकारी खेती गर्दै आएका किसानहरु फेरी परम्परागत खेतीतर्फ फर्कन बाध्य भएका हुन् ।
तरकारी उत्पादनका हिसाबले प्रसिद्द मानिने कपुरकोटका किसानहरुले समेत तरकारीको ब्याड नष्ट गरेर मकैबाली लगाएका छन् । विगत लामो समयदेखी व्यवसायिक रुपमा खेती गर्दै आएका कपुरकोट गाउँपालिका–५का कृषक पुर्वान घर्तीले तरकारीको ब्याड उखालेर मकैबाली लगाएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, लकडाउनले गर्दा उत्पादित तरकारीले बजार पाएन्,बारीमा रहेको बन्दाको ढुवानी मुल्य नै नउठेपछि बन्दा बारीमै काटेर फाल्यौं, त्यसैले पछिको लागी राखेको तरकारीका ब्याड उखालेर मकैबाली लगाएका छौं । उहाँले तरकारी बाट नगद आम्दानी हुने गरेको भएपनि तरकारीले बजार नपाउँदा अन्नबाली लगाउन बाध्य भएकाे बताउनुभयाे।
यस्तै कपुरकोट गाउँपालिका–२ निवासी शेर बहादुर पुनले पनि व्यवसायिक रुपमा गर्दै आएको तरकारी खेतीमा अन्नबाली लगाउन शुरु गरेको बताउनुभयाे । विगका वर्षहरु झैं यस वर्षपपनि केही आम्दानी होला भनेर तरकारी लगाउने तैयारी गरेको थिंए ,तर यस वर्ष लकडाउनले बजार अभाव हुने देखेपछि तरकारीको ब्याड उखालेर मकै बाली लगाएको छु,उहाँद्ये भन्नुभयाे । उनिहरु जस्तै कपुरकोटका अधिकाँश किसानहरुले व्यवसायिक रुपमा गर्दै आएको तरकारी खेती छोडेर अन्नबाली लगाउन शुरु गरेको बताउँछन् ।

बजार मुल्य नपाएपछि किसानले बन्दा बारीमै काटेर फाले
तरकारी उत्पादन गरि रहेका किसानहरुले मुल्य नपाउँदा बन्दा काटेर बारीमै फालेका छन् ।विशेष गरि होटलहरुमा चाउमिन लगायतमा प्रयोग हुने बन्दा लकडाउनले बजार बन्द भएपछि मुल्य नपाउँदा बारीमै काटेर फालेको शारदा नगरपालिका –१का कृषक नवीन सिं भडेलले बताउनुभयाे । बन्दाले मुल्य पाएन्,बजारमा प्रतिकिलो ५ रुपैयाँका दरले बेच्दा ढुवानीको समेत मुल्य नउठ्ने भएपछि बारीमै बन्दा काटेर फालेको जानकारी दिनुनुभयाे । अन्नबाली लगाउन छोडेर व्यवसायिक रुपमा खेती गरि रहेका किसानलाइ लकडाउनले गर्दा साह्रै समस्या सृजना भएको उनको भनाइ छ ।

सल्यानमा व्यवसायिक तरकारी खेती ३५ प्रतिशतले घट्ने
यता जिल्ला स्थित कृषि विकास कार्यालय सल्यानले यस वर्ष जिल्लामा व्यवसायिक रुपमा गरिंदै आएको तरकारी खेतीमा यस वर्ष करिब ३५ प्रतिशत कमी आउने जनाएको छ । गत वर्ष कपुरकोट बाट मात्रै २१ करोडको हाराहारीमा तरकारी निकासी भएकोमा यस आर्थिक वर्षमा १० देखी १२ करोड सम्मको उत्पादन हुने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे,लकडाउनले गर्दा पहिलो चरणमा तरकारी उत्पादन गरेका किसानहरुले बजार पाएनन त्यसैले किसानहरु तरकारी खेती छोडेर अन्नबाली लाउन बाध्य भए,जस्ले गर्दा तरकारी उत्पादनमा कमी आउँछ ।
जिल्लामा तरकारी उत्पादन हुने स्थानमा ४ वटा ब्लक र ६ वटा तरकारी पकेट क्षेत्र रहेका छन् । यस वर्ष किसानहरुले खाद्य संकट पर्छ कि भनेर अन्नबाली लगाएपछि व्यवसायिक तरकारी खेतीमा कमी आएपनि कृषिक्षेत्रमा भने वृधि भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताउनुभयाे ।
उहाँले व्यवसायिक कृषि तर्फ कमी आएपनि समग्र कृषि उत्पादनमा भने वृद्दिनै आउने बाउनुभयाे। अहिले जिल्लाका विभिन्न स्थानमा अनुगमनमा जाँदा किसानहरुले बाँझो जमीन खनेर धान,मकै लगायत अन्नबाली लगाएका छन् । यसरी खाद्यान्नका हिसाबले कृषिमा वृद्दिहुने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार १०:१५