अढाइ वर्षको बच्चालाइ काखमा च्यापेर २८ दिन पछि घर फर्किन दिपा,उनिसंगै कोरोना जितेर नाच्दै घर फर्के सल्यानका ८४ जना (भिडियो सहित)

सल्यान ।
आइशोलेशन बाट अढाइ वर्षको बच्चालाइ काखमा च्यापेर २८ दिन पछि घर फर्किन थालेकी दिपा बुढा निकै खुशी देखिइन् । भारतको महाराष्टबाट श्रीमान संगै नेपाल फर्किएकी उनलाइ मात्रै कोरोनाको संक्रमण देखिएपछि जिल्ला स्थित लुहापिंगको आइशोलेशनमा बस्नु परेको थियो ।
काखमा सानो बच्चाले आमालाइ छोड्न नमानेपछि बच्चालाइ पनि आमासंगै आइशोलेशनमा राखियो । श्रीमानको पीसीआर नेगेटिभ आएपछि पहिले नै घर फर्कि सकेकोले केही दिन नराम्रो महसुस भएपनि आत्मबल बलियो बनाएर बसेकाले अहिले कोरोना माथी विजयी पाउन सकेको उनले बताइन् । संगै रहेको बच्चामा भने कोरोना नेगेटिभ रहेको स्वास्थय सेवा कार्यालय सल्यानले जनाएको छ ।


उनि लगायत सल्यानबाट एकैदिन ८४ जनाले कोारोना जितेका छन् । बिहिवार खलंगाको लुहापिङ आइसोलेसनमा रहेका ८१ र सल्यान जिल्ला अस्पतालमा रहेका ३ जना गरि ८४ जना डिस्चार्ज भएका हुन् । जिल्लाको सदरमुकाम खलंगा स्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका उनिहरुको उपचार पछि डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
भारतको गढवाल बाट आएका कालिमाटी गाउँपालिका निवासी एक पुरुषले कोरोनालाइ जितेर निस्केको बताउँदै अब घर गएर पनि परिवार र छर छिमेकलाइ जोगाउने आप्mनो कर्तव्य रहेको बताए।उनले आफुले कोरोना माथी विजयी पाए पनि एक सातासम्म होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्दता सहित घर फर्किन लागेको बताए ।


उहाँहरु जस्तै आज घर फर्किनेहरुमा बन्गाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जना, कुमाख गाउपालिकाका ३ जना, दार्मा गाउपालिकाका ३ जना, कालीमाटी गाउँपालिकाका १ जना महिला सहित २ जना र कपुरकोट गाउपालिकाका १ जना रहेका छन् ।
हालसम्म जिल्लामा कोरोना संक्रमित १ सय ७३ मध्ये ६६ जना यस अघिनै डिसचार्ज भएर घर फर्कि सकेका छन् । यो संगै सल्यानमा कोरोना भाइरसबाट सल्यानमा निको हुनेको संख्या १५० पुगेको छ । यसअघि सल्यानमा ६६ जना निको भएर डिस्चार्ज भएका थिए । कुल १सय ७३ जना संक्रमित मध्य अब २३ जना मात्रै उपचारमा रहेका छन् ।
लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा ५ जना, प्रभाकर मावि बनगाड आइसोलेसनमा ४ जना र मिसन अस्पताल चौरजहारीमा २ जना गरी २३ जनाको उपचार भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।


जिल्लामा बाँकी कोरोना संक्रमितहरुको पनि रिपोर्ट नेगेटिभ आउने र सबैलाइ केही दिनपछि डिस्चार्ज गरेर घर पठाउने भएकाले आत्मबल बलियो बनाएर आइशोलेशनमा बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । बिहीबार निको भएर डिस्चार्ज भएकाहरु खुसीले नाच्दै घर फर्किएका छन् । एक हप्ताभन्दा लामो समय सँगै आइसोलेसनमा बसेका फरक फरक पालिकाका उनिहरु हात हल्लाउदै आइशोलेसन बाट विदा भएका हुन् ।
घर जानुअघि उनिहरुले लुहापिङको मैदानमा सामुहिक नाचगान गरेर बिदा भएका हुन् । निको भएका उनिहरुले कोरोना सामान्य रोग भएको तर बाहिर भने नकारात्मक प्रचार बढी फैलिएकाले सावधानी अपनाए सहजै जित्न सकिने प्रतिकृया दिएका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार १९:१९