
सल्यान ।
सल्यानमा एक वृद्द पहिरोमा पुरिएको अवस्थामा फेला परेका छन् ।जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ७० वर्षीय वृद्द डिल्ली बहादुर आलेको शव पहिरोमा पुरिउको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
मृतकको शव कम्मर भन्दा माथीको भागसम्म पुरिएको आवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।असार ९ गते बिहान घाँस काट्न जान्छु भनि घरबाट निक्लिएको र त्यस पछि घर नफर्किएपछि परिवारले खोज तलाश शुरु गरेको थियो ।
घरबाट निस्किएको तीन दिन पछि बिहिवार नजिकैको डाँगडुँगे खोलाको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको हो ।घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार १३:२९