
सल्यान ।
१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सल्यानमा प्रहरीले एकजना गिरफ्तार गरेको छ । शारदा नगरपालिका–१२ का ३९ वर्षीय पुरुषले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाइ गिरप्mतार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।
घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको अभियोगमा असार १३ गते घर नजिकैबाटै गिरफ्तार गरेको प्रहरीले जनायो ।
आमाले अर्कैसंग विवाह गरेर गएपछि बुवाले दास्रो विवाह गरेको र लकडाउनको समयमा कान्छी आमा माइती गएको बेला बाउले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार १४ गते दिएको मुद्दामा उल्लेख छ । पीडित बालिका आफ्नाे ठुलो बुवासंग आएर प्रहरीमा मुद्दा दर्ता गराएकी हुन् ।
आमाले अर्कै विवाह गरि गएपछि ती बालिका काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी थिइन् । बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन । बैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको पीडितले बताएको प्रहरीको भनाइ छ । पिडीतको स्वास्थ्य परिक्षण सल्यान अस्पतालमा असार १३ गते राती गरियो ।
गिरप्mतार गरिएका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता भएको छ ।आरोपितलाइ असार १४ गते जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५ असार २०७७, सोमबार १२:२६