जब मध्यरातमा सल्यानकाे एक वडा कार्यालयमा महिला सहित वडाध्यक्ष भेटिए

सल्यान ।

सल्यानमा एक वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेका छन् ।त्रिवेणी गाउँपालिका ४ का वडाध्यक्ष छविलाल शर्मालाइ स्थानीय एक महिलासंग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेको जनाएका छन् ।
अबेर रातीसम्म वडाध्यक्ष कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेको स्थानीय कुल बहादुर भण्डारीले जानकारी दिनुभयाे  ।
स्थानीयले कार्यालय घेराउ गरेपनि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको उहाँले बताउनुभयाे  ।बुधबार राती महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीको जिम्मा लगाइदिएको उहाँकाे भनाइ छ।
उहाँले भन्नुभयाे ,‘वडाध्यक्ष गाउँकै महिलालाई लिएर कार्यालय गएको र रातीसम्म बसिरहेको थाहा पाएपछि युवाहरु गएर कार्यालय घेराउ गरे । म पनि त्यहाँ गए, पछि प्रहरी आएर वडाध्यक्ष र महिलालाई राती १ बजे लिएर इप्रका लुहाम गयो । महिलाको श्रीमान बिदेश हुनुहुन्छ ।’
स्थानीयहरुले सम्बन्धित निकायले घटनाको छानबिन नगरे गाउँलेहरु सबै आन्दोलनमा उत्रिने र वडा कार्यालयमा तालाबन्दी गर्ने स्थानीय लोकेन्द्र खड्काले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘म पनि छलफलमा सहभागी हुन्छु , हामी सबै बसेर घटनाको बारे प्रहरीलाइ यतार्थ बताउने छु ।’
यता जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी उमाकान्त जोसीले वडाध्यक्षले रातको समयमा इलाका प्रहरी कार्यालय लुहाममा फोन गरेर कार्यालयमा ढुंगा हान्ने काम भइ रहेकाले सुरक्षाका लागी प्रहरी पठाइ दिन कार्यालयमा फोन गरेको जानकारीमा आएको बताउनुभयाे । कामको शिलशिलामा वडा कार्यालयमा बस्ने गरेको बताउँदै वडा अध्यक्षले सुरक्षाको माग गरेपछि लुहामबाट प्रहरी टोली घटनास्थलमा गएको उहाँले जानकारी िदनुभयाे ।
रातको समयमा चार÷पाँचजना युवा कार्यालय बाहिर रहेको र वडा अध्यक्ष संगै एक महिलालाइ प्रहरीले रातीनै लुहाममा ल्याएको जानकारीमा आएको सुचना अधिकारी जोशीले बताउनुभयाे । महिला कहाँको र के कामले कार्यालयमा गएको भन्ने बारे आफुलाइ थप जानकारी नभएको र यस विषयमा आज इलाका प्रहरी कार्यालय लुहाममा दुबैपक्ष बिच छलफल हुने उनले जानकारी दिनु भएकाे छ ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार १३:५९