तत्काललाई सिम्ता कोरोना मुक्त

इन्द्र बुढाथोकी
असार १८ सल्यान । सुर्खेतको सिम्तागाउपालिका तत्काललाई कोरोना मुक्त भएको छ । कोरोना संक्रमित भएका ५ जनालाई सन्चो भएर घर फर्किए पछि अब सिम्तागाउपालिका तत्काल कोरोना मुक्त भएको हो ।
बागेश्वरी मावि राकमको आइसोलेशनमा रहेका ३ जना कोरोनालाई जितेर घर फर्केका फर्किएपछि सिम्ता गाउँपालिकाका कुनै पनि नयाँ संक्रमण नदेखिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिनुभयो । यस अघि २ जना पनि कोरोना जितेर घर फर्किएका थिए ।
सिम्तामा विध्यालयहरुमा रहेका ४८ वटा क्वारेन्टाइनमा भारत लगाएत अन्य मुलुक बाट आएका २ हजार ७ सय ३९ जना व्यक्ति नियम अनुसार १४ दिन क्वारेन्टाइन मा बसि उनिहरूको परिक्षण गरि संकास्पद देखिएका ५ सय ५१ जनाको पिसीआर परिक्षण गरिएको थियो जस मध्ये ५ जना मात्र कोरोना पुष्टि भएका थिए उनिहरू पनि सन्चो भएर घर फर्केका छन। हाल क्वारेन्टाइनमा ६१ जनामात्र बसिरहेका छन ।
केही दिन अघि सिम्ता ८ डाँडाखाली निबासी २५ बर्षिय महिलाले नजिकैको जंगलमा झुण्डिएर को अवस्थामा फेला पर्नु भएको थियो । उहाँको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो तर उहाँका परिवार लगाएत वरपरका अन्य संकासमत देखिकाहरूको पिसीआर गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब सिम्तामा कोरानाको जोखिम कम भएको र सबैलाई सुरक्षित हुन गाउपालिकाले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार १४:२९