बनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवन शिलान्यास

इन्द्र बुढाथोकी, सल्यान ।

बनगाड कुपिण्डे नगरपालिकाको प्रशासकीय भवन  एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । भवन शिलान्यास नगर प्रमुख गोविन्द कुमार पुन र उपप्रमुख मन्जु यरिले सयुक्तरुपमा  गर्नुभयाे । भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले आफुहरु निर्वाचित भएको साढे तीन वर्षमा विभिन्न समस्या छिचोल्दै भवन शिलान्यास गरेकोमा खुसी व्यक्त गर्नु भयाे।

नगरपालिकाको प्रशासकीय भवन लगाए गौरवको योजनाको काम अगाडि बढाएको र अन्य यस्ता थुप्रै योजनाहरुको लागि केन्द्र सरकार र प्रदेश सरकार सङ्ग पहल गरिरहेको उहाँले बताउनुभयाे । भवन नबन्ने कि भन्ने चिन्ता थियो अब त्यो चिन्ता हटेको उहाले बताउनु भयाे  । नगरपालिका भित्र अन्य धेरै भवन पनि बिस्तारै बन्ने प्रक्रियामा रहेको उहाले बताउनु भयाे ।

नगर उप प्रमुख मन्जु यरिले थुप्रै चुनौतीहरु पार गर्दै नगरको प्रशासकीय भवन शिलान्यास गरेको र आफ्नो कार्यकालमा भवन सम्पन्न गरि आउदो जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने उहाले बताउनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले नगरपालिका गौरवका योजनाहरु विकास निर्माणकार्य अगाडि बढेको र सबै भन्दा नगरको महत्त्वपूर्ण योजना प्रशासकीय भवनको काम अगाडि बढ्ने बताउनुभयाे । नगरपालिका पहिचान नै भवन भएको र त्यसै आधारमा निर्माण व्यवसायीलाई काम गर्न खड्काले अनुरोध गर्नुभयाे । नगरपालिकाको प्रशासकीय भवन साढे तीन तलाको २८ कोठाको भवन, बैठक हल, ४ वटा शौचालय, ७५ घनमिटरको खानेपानी ट्यांकी बन्ने इन्जिनियर महेश देवकोटाले जानकारी दिनुभयाे ।

७ करोड २२ लाख लागत स्टमेट अनुसार बन्ने भवन एसोसियट जय भवानी जेभीले ५ करोड २९ लाख ६८ हजार ८ सय ४७ रुपैयामा १ वर्ष भित्र काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको छ । आफुले गौरवको योजना सबै ठाउँ बाट सहयोग भएमा तोकिएकै समयमा काम सप्पन्न गर्ने निर्माण व्यवसायी अर्जुन पण्डितले बताउनुभयाे । १ न वडा अध्यक्ष शान्त कुमार यरिको अध्यक्षतामा भएको कार्यक्रममा सन्चालन रोजगार सयोजक भिम पुनले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: २१ असार २०७७, आईतवार २१:४०