
इन्द्र बुढाथोकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १ सल्लीबजार नेपाली सेना बसेका डाडामा ८ हजार ५ सय बिरुवा बृक्षारोपन गरिने भएको छ । आज एक कार्यक्रमका बीच नगर उप प्रमुख मन्जु यरिले वृक्षारोपण गरेर सुरु गर्नु भएको छ ।
वृक्षारोपण कार्यक्रममा बोल्दै नगर उप प्रमुख यरिले नगरपालिकाको खाली जङ्गलहरुमा यसरी नै वृक्षारोपण गरिने बताउनु भयाे । विभिन्न संघ संस्थाको सहयोग र नगरपालिकाले समन्वय गरेर वृक्षारोपण गर्ने उहाले बताउनु भयाे । वृक्षारोपण गर्दा वातावरण राम्रो जताततै हरियाली हुने बस्ती हरु सुन्दर हुने र बाढिपहिरो, भूक्षय हुन बाट समेत बच्ने उहाको भनाइ छ ।
वृक्षारोपणमा सवुज गण सल्लीबजारका सेनानी बिक्रम राई, १ न वडा अध्यक्ष शान्त कुमार यरि लगाएत नेपाली सेना स्थानीयको उपस्थिति रहेको थियो । सबुज गण सल्लीबजार बसेको डाडामा ७ हेक्टर जमिनमा पुरै वृक्षारोपण गरिने भएको छ । वृक्षारोपणमा प्रस्थिती प्रणालीम आधारित अनुकूलन आयोजना इबिए २ ले को आर्थिक सहयोग १३ लाख ४४ हजारका ८ हजार ५ सय बिरुवा र भिरालो ठाउमा ४९ थान जाली लगाइने इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ ।
सिसौ, खैर, इपिलिपी, आँप,धुपी सल्ला, साल, लगाएत २०/२५ जातको बिरुवा लगाइने उपभोक्ता समिति सचीव दिपक सुनारले बताउनु भएको छ । नेपाली सेना र स्थानीयले उक्त विरुवाहरु रोप्ने बताएको छ ।
प्रकाशित मिति: २२ असार २०७७, सोमबार १४:१२