मेयर अधिकारीले गरे श्रीनगर बजार भित्रको टाउन प्लानिङ क्षेत्रमा निमार्ण गरिएको कालोपत्रे उद्घाटन

 

सल्यान ।जिल्लाको मुख्य व्यापारिक केन्दै श्रीनगर बजार भित्रको टाउन प्लानिङ क्षेत्रमा निमार्ण गरिएको कालोपत्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।  सात सय ५० मिटरमा निमार्ण गरिएको नाला सहितको कालोपत्रेलाई शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले उद्घाटन गर्नुभयाे ।

कर्णाली प्रदेश सरकारको ६० प्रतिसत र शारदा नगरपालिकाको ४० प्रतिशत अनुदान गरि करिव १ करोड २६ लाख रुपैयाको लागतमा सडक कालोपत्रे गरिएको हो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले मुख्य बजारक्षेत्रको विकासमा नगरले प्रयत्न गरिरहेको भन्दै यसका लागी सवैको सहकार्य आवस्यक रहेको धारणा राख्नुभयाे ।

प्रकाशित मिति: २२ असार २०७७, सोमबार २१:१६