त्रास देखाएर महिला बलात्कार गर्ने युवक पक्राउ

प्रचण्ड खत्री
रुकुम पूर्व- डर त्रास देखाएर बलात्कार गरेको भन्दै प्रहरीले रुकुम पूर्वमा एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको भुमे गाउँपालिका वडा नम्बर ८ कोर्जाका १९ वर्षिय कृष्ण खड्का बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई सोही ठाउँकी २५ वर्षिय महिलालाई डर त्रास देखाएर बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्बले जनायको छ ।

असार २२ गत्ते कृष्णले डर देखाएर जबरजस्ती करणी गरेको भन्दै पिडितले असार २० मा प्रहरी समक्ष उजुरी दिएकि थिइन् । पिडितको उजुरीका आधारमा युवकलाई पक्राउ गरियको जिल्ला प्रहरि कार्यालय रुकुम पुर्वका सुचना अधिकारि दिनेश गुरुङले जानकारी दिएका छन् । घटना लगतै फरार रहेको युवकलाई पक्राउ गरि अनुसन्धान भैरहेको उनले जनाएका छन् । पिडित महिलाको शनिबार जिल्ला अस्पत्ताल रुकुमकोटमा स्वास्थ चेकजाच गरियको थियो ।।

प्रकाशित मिति: २३ असार २०७७, मंगलवार १६:१५