सल्यानमा छुट्टाछुट्टै घटनामा परि दुईको मृत्यु

सल्यान ।
सल्यानमा छुट्टाछुट्टै घटनामा परि दुई जनाको ज्यान गएको छ।जिल्लाको शारदा नगरपालिका १ भगवती खोला निवासी ९ बर्षिय दिनेश बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाख्रा चराउन जंगल जादैँ गर्दा माथीबाट खसेको ढुंगाले टाउकोमा चोट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

यस्तै खोलाले बगाउदाँ सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतराको ज्यान गएको छ । असार २२ गते सोही ठाँउ स्थित छोरीको घरमा गएको र २३ गते छोरीको घरबाट आफ्नो घर फर्किने क्रममा स्थानिय भुर खोलाले वगाएपछि उनको बुधबार बिहान शव भेटिएको हो ।

घरकोले छोरीको घरमा जानुभएको छ भन्ने, छोरीले आफ्नो घरमा गैसक्नु भो भन्ने तर खोला तर्दा ती बृद्धलाई वगाएको रहिछ’ सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले भन्नुभयाे , ‘स्थानियले शव देखेपछि प्रहरीलाई आज खवर आएको थियो ।’

प्रकाशित मिति: २४ असार २०७७, बुधबार १९:५९