ट्याक्टर दुर्घटनामा परि सल्यानमा एकको मृत्यु

सल्यान ।
ट्याक्टर दुर्घटनामा परि सल्यानमा एक जनाको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका–४ सरसुखोलामा बिहिवार बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहरी जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर धनी कुमाख ५ झारकाँडाका तिलक थापाको मृत्यु भएको हो ।दुर्घटनामा परि सोही ठाउँका सहचालक गम्भीर घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २५ असार २०७७, बिहीबार १०:१३