३२ सुत्केरी आमालाई उपाध्यक्षको कोसेली

  • ३२ सुत्केरी आमालाई उपाध्यक्षको कोसेली
    इन्द्र बुढाथोकी
    सल्यान २६ असार । सुर्खेतको सिम्ता गाउँपालिकामा उपाध्यक्ष कोसेली दोश्रो चरणको कार्यक्रम सुरु गरिएको छ ।

“जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत” सुत्केरी भएका आमाहरूलाई वडा न ४ को स्वास्थ्य चौँकी बजेडीचौर र वडा नं. ३ आग्रीगाँउमा प्रसुति भएका ३२ जना सुत्केरी आमा र बच्चालाई उपाध्यक्ष कोसेली वितरण गरिएको छ । आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको उपाध्यक्ष चन्द्रकला शाहिले बताउनु भयो । कोरोनाको कारण अगाडि वितरण गरिने भनिएको कोशेली कार्यक्रम अहिले गरिएको उपाध्यक्ष शाहिले बताउनु भएको छ । सुत्केरी आमालाइ साबुन, फलफुल, अन्डा र सुत्केरी प्रोत्साहन भता समेत दिएको उहाले बताउनु भएको छ । पहिलो चरणको माघ महिनामा वितरण गरिएको थियो ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार २१:३१