अबिरल बर्षाका कारण विद्यालयको भबन भत्कियो

प्रचण्ड खत्री / रुकुम पश्चिम
रुुकुममा पहिराे जाने र घरहरु भत्किने र मानबिय घटना भएका छन । आठबिसकोट नगरपालिकामा बिहिबार पहिरोमा परेर आमाछोरा को ज्यान गएको थियो । त्यस्तै रुकुम पशिमका ६ वटै स्थानीय तहमा बाडी पहिरो जाने क्रम रोकियको छैन । बाढी पहिरोको कारण जानजीबन प्रभाबित बनेेेेकाेे छ।

रुकुम पश्चिमकाे बाफिकोट गाउपालिका वडा नम्बर १० मा रहेको बालाजागारण आधारभूत विद्यालयको ४ कोठे भबन अबिरल बर्षाका कारण भत्किएकाे छ ।

बिद्यालयको भबन काम नलाग्ने गरि भासियको वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर जैसीले जानकारी दिए ।

४ कोठे भबन असार २५ गते को बर्षाका कारण भबन घेरबार भात्किएको बिद्यालय स्रोतले जनाएको छ ।२०६९साल चैतको १५ गत्ते निर्माण गरिएको बिद्यालय भबन करिब ८ बर्षमा भात्कियको वडा सदस्य जैसीको भनाई छ । डीप्प्रोक्सको ८० हजार लागत सहयोग र स्थानीयको ३ लाख बराबरको श्रमदानमा ४ कोठे भबन निर्माण गरियको बतायको छ । भबन भत्किदा अब बिध्यार्थिलाई कता पढाउने भन्ने बिषयमा चिन्ता बढेको अबिभाबकको चिन्दा छ । बिद्यालयमा २०० जना बिद्यार्थी र ३ जना शिक्षक कार्यरत छन ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार २०:२०