बनगाड कुपिण्डे नगरपालिकाका १० स्थानमा सिसी क्यामरा जडान

इन्द्र बुढाथोकी
सल्यान, ३० असार । जिल्लाको पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिकाका मूख्य बजारहरुमा सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको छ । बजार क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न सौर्य बत्ती सँगै सिसि क्यामरा जडान गरिएको हो ।
नगरपालिका मुख्य व्यापारिक केन्द्र सल्लीवजारमा ६ स्थानमा, देबस्थलमा २ स्थानमा र बालुवासंग्रहीमा २ स्थानमा सिसी क्यमरा जडान गरिएको बनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो । “नगर भित्र हुने विभिन्न अपराधिक घटनहरुको न्युनिकरण गर्नका लागि मुख्य स्थानहरुमा सिसी क्यामरा जडान गरेका छौ, यसले अपराध न्युनिकरणमा उल्लेखनिय भुमिका खेल्ने छ,” खड्काले भन्नुभयो ।
रातको समयमा वजार क्षेत्रमा हुनसक्ने सम्भावित अपराधिक घटनालाई रोकथाम गर्न यसले मद्धत मिल्ने खड्काको भनाई छ । “नगरको प्रमुख चहलपहल हुने क्षेत्रको पहिचान गरी सिसी क्मरा जडान गरिएको बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द पुनले जानकारी दिनुभयो ।
“नगरपालिकाले नगर क्षेत्रभित्र मानिसहरुको वढि चहलपल हुने क्षेत्रको छनौट गरी सिसी क्यामरा र सौर्य बत्ती जडान गरेको छ, यसले नगरभित्र हुने अपराधिक घटनाहरुलाई न्युनिकरण गर्न मद्दत मिल्ने आशा गरेका छौै,” नगर प्रमुख पुनले भन्नुभयो ।
करिव १० लाख रुपैयाको लागतमा सौर्य बत्ती तथा सिसी क्यामरा जडान गरेको नगरपालिकाले जनाएको छ । सिसी क्यामरा जडान पछि सल्ली क्षेत्रमा बेला बेलामा हुने विभिन्न डकैति तथा चोरीका घटनाहरु न्युनिकरण हुने विश्वास गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १८:२६