
इन्द्र बुढाथाेकी
सल्यान,९ साउन
बनगाड कुपिण्डे नगरपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न योजनामा करिब ९० प्रतिशत याेजना सम्पन्न गरेको छ । नगरपालिकामा ७२ वटा नयाँ सडककाे ६१ हजार ५ सय ३० मिटर ट्रयाक सम्पन्न गरेको छ । यस्तै स्तराेन्नतीतर्फ १६ वटा योजनामा २५ हजार ३ सय ७२ मिटर सडक स्तर उन्नति गरेको नगरपालिकाले जनाएकाे छ ।
यस्तै बिध्यालय तर्फ १६ लाखकाे लागतमा ६ वटा भवन निर्माण भएका छन । रु २० लाख रुपैयाकाे लागतमा २ कोठे भवन २ वटा निर्माण गरिएकाे छ । निर्माण गरिएका भबनमध्य एक वटा नगरपालिका बाट र एकवटा ससद विकास कोष बाट सम्पन्न भएको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भएको छ । नगरपालिकाको रु २८ लाख रुपैयाकाे लागतमा ३ कोठे भवन निर्माणधिन अवस्था छ भने ७ लाखरुपैयाकाे लागतमा ३ वटा शौचालय निर्माण गरिएकाे देबकाेटाले कताउनुभयाे । यस्तै ६ लाख ५० हजार रुपैयाकाे लागतमा नव ज्योती मावी बाबियाचौर र सिद्धेश्वरी माबी निगाल्चुलामा बिज्ञान सामाग्री खरिद गरिएको छ , माबी च्युरा र बनगाड क्याम्पसमा पुस्तकालय स्थापना गरिएकाे छ ।
यस्तै खानेपानीतर्फ २ वटा सोलार पम्पसेट, १ वटा बिधुत पम्पसेट, ४१ वटा खानेपानी ट्याङ्की निर्माण ६२ वटा धारा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खडकाले जानकारी दिनु भएको छ । सिचाइ तर्फ २५ वटा पिसिसी गरेका ३४ सय ८० मिटरको छन भने २ वटा योजना २५० मिटरका आरसिसी बाट निर्माण गरिएको छ ।
नगरपालिकाबाट ७ वटा मन्दिर निर्माण गरिएको छ । यस्तै दुईवटा मसानघाटमा प्रतिक्षालय निर्माण गरिएको सुचना अधिकारी धर्मराज ढकालले जानकारी दिनुभयाे ।
नगरभित्र २ वटा बिध्यालय निर्माणधिन अवस्थामा छन् ।
खानेपानी २ वटा खानेपानी ट्याङ्की र ७ वटा धारा निर्माण भएका छन । कुपिण्डे ताल द्युत तर्फ ४ लाखको गिठाचौर काम सम्पन्न भएको गेट, टिकट काउन्टर रिटेनिङ ग्याविङ्ग वाल निर्माणधिन छन ।
सडक स्तर उन्नति देवस्थल नाम्रा औलवेशी बामे सडक निर्माणधिन छन । स्वास्थ्य सेवा केन्द्रका वडा न २,४,८,११ को भवन निर्माणधिन अवस्थामा रहेका छन । साथै नगरपालिकाको गौरवको योजना प्रमुख प्रशासकीय भवन र मुलाखोला खेतागारा,खानिगाउ, मेल्टाकुरा किमटाकुरा लिफ्ट खानेपानीको योजना सुरु गरिएकाे छ ।
बिद्युत तर्फ ४ लाखकाे लागतमा बिद्युत बिस्तारकाे काम सम्पन्न भएको छ भन्ने २ करोड ३० लाख ठेक्का आह्वावान भैसकेको इन्जिनियर महेश देवकोटाले जानकारी दिनु भयाे ।
प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार २१:१८