स्यार्पुतालमा बेपत्ता अनिलको शब भेटियो

प्रचण्ड खत्री
रुकुम पश्चिम, १० साउन । रुकुम पश्चिममा रहेको स्यार्पुतालमा बेपत्ता भएका अनिल घर्तिको शव फेला परेको छ । साउन ७ गते पौडी खेल्ने क्रममा तालमा डुबेर बाफिकोट गाउपालिका वडा नम्बर ५ का २० बर्षिय अनिलको शव शनिबार फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय बाफिकोटबाट खटि गएको प्रहरी र गाउँ पालिकाका जनप्रतिनिधिको सहयोगमा स्यार्पुतालको उत्तर दिशामा डुबेर तैरेको अबस्थामा उनको शब फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जानकारी दिनुभयो ।
स्यार्पुमै पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएका बाफीकोट गाउँपालिका ५ बडगाउका २३ बर्षिय लोकबहादुर घर्तिको भने साउन ७ गते नै शव फेला परेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जर्नाको छ ।

प्रकाशित मिति: १० श्रावण २०७७, शनिबार १८:२७