कभर खबर

  • १३ श्रावण २०७७, मंगलवार ०८:४०

वाफिकोटमा पहिरोमा परि २ जना बेपत्ता, ३ जनाको उद्धार

प्रचण्ड खत्री
रुकुम पश्चिमरुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ९ झुला स्यालामा पहिरो खस्दा २ जना बेपत्ता भएका छन् । ३ जना घाइते भएका छन् । मंगलबार बिहान ४ बजे पहिरो खस्दा नविन सुनुसार र उनको घरमा बास बस्न आएका बल बहादुर सुनुवार वेपत्ता भएको प्रहरीले जनाएको छ ।


बेपत्ता भएका दुबै जनाको खोजि कार्य भैरहेको अस्थाई प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज सई बालकृष्ण खड्काले जानकारी दिए । स्थानीय र नेपाल प्रहरीको सक्रियतामा खोजि कार्य भैरहेको छ । घाईते ३ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको बताइएको छ । उनीहरुलाई स्थानीयले सकुसल उद्धार गरेका हुन । पहिरो संगै घर १५० मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार ०८:४०