
सल्यान- गत असारको अन्तीम साता प्रवेश गरेको सलहले मकैवालीमा क्षती गरेको जाजरकोटका किसानहरुले बताएका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिकाका किसानहरुले लाखौँको संख्यामा प्रवेश गरेको सलहले अहिले पनि क्षति गरिरहेको जनाएका छन् ।
दिनहुँ सलहलाई आगोको धुँवा तथा थाल ठटाएर भगाउने प्रयास गरेपनी मकैबारिमा छपक्कै बसेको जुनीचाँदे ६ बुदिडाँडाका किसान पदम बहादुर बुढाले बताए । असारको अन्तीम साता वडा नं ५ र ६ मा भित्रिएको सलहको झुण्ड निकै ठुलो रहेकोे स्थानीय गोपाल गिरीले कभरखबरलाई टेलिफोनमा जानकारि गराए ।
उनले भने, ‘लाखौँको संखयामा सलह मकै बारिमा छपक्कै छन्, मकैको धाने बाला, पात खाँदै भर्खर लागेका घोगा समेत खान थालेपछी हामी चिन्तीत भएका छौँ ।’ गत बैशाख १३ गते अविरलल असिना पानीका कारण गहुँवालीमा ठूलो क्षति व्यहोरेका किसानहरुले फेरि मकै खेतीमा सलहको उपद्रो सहनुपरेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । स्थानीय सरकारलाई जानकारि गराएपनि सलह धपाउन कुनै पहल नगरेको कृषक तेज बहादुर खत्रीले गुनासो गरे ।
प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १४:१८