युथ अफ ग्रुप सल्यानद्वारा ७० हजार सहयोग

इन्द्र बुढाथोकी
सल्यान, १९ साउन पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा न ३ पाटके निवासी १७ वर्षीय झुप बहादुर बुढालाई युथ्स अफ ग्रुप्स सल्यानले आज पीडित बुढाको घरमा नै पुगेर ७० हजार आर्थिक सहयोग गरेका छन । पीडित झुपबहादुर आर्थिक अवस्था कमजोर हुदा गत साउन १ गते घाँस काटन जादा भिरबाट लडेर घाइते भएका बुढा एक वर्ष देखि ओछ्यानमा रहेको विभिन्न समाचार माध्यममा समाचार आए पछि पीडितको घरमा नै गएर आर्थिक सहयोग गरेर सहयोग अभियान्ता अनिल भण्डारीले बताएका छन ।

एक वर्ष सम्म घरको आर्थिक अवस्था कमजोर हुदा उपचार गर्न लिन नसक्दा घरमा ओछ्यानमानै बसेका कारण शरीरभरि घाउहरु परेका छन । भिर बाट लडेको बेला उनको ढाड, दायाँ हात भाचिएको थियो भने अन्य थुप्रै ठाउमा चोटपटक लागेको थियो । तत्काल नेपालगन्ज उपचार गरेर घर फर्किएका बुढा हालसम्म सन्चो भएको छैन । ढाडमा रड राखेको छ भित्रबाहिर गर्ने सक्ने अवस्था छैन अर्काको साहारामा बाहिर भित्र गर्नुको साथै शौचालय पनि अर्कोको सहयोगमा चाहिन्छ । एक वर्ष सम्म ओछ्यानमा रहदा दुबै खुटामा घाउ परेर पाकेका छन ।
ओछ्यानमै पल्टिइरहेको कारण शरिरको पछाडिको भागमा पनि ठुलै घाउ परेर पाकेको छन । भने रड राखेको ठाउमा पनि घाउ पाकेको छ । शिरिरमा भएका घाउ मात्र सन्चो गर्ने पाएको भए बन्चिथ्यो होला मेरो लागि कतै बाट पनि सहयोग भएन अब यसरी नै सबैले सहयोग गरे पछि पुरै सन्चो नभए पनि शरीरमा भएका घाउहरुमात्र सन्चो भएमा आफुलाइ राम्रो हुने उनले बताए ।

पीडितका बुवा प्रेमबहादुरले भने सहयोग गरेकोमा ध्यान अझै सहयोगको अपेक्षा गरेको र अब थप सहयोग उठाएर अस्पताल लग्ने तयारी गरेको उहाले बताउनु भएको छ । सबैमा सहयोगको लागि सबैमा अनुरोध समेत गर्नु भएको छ । साथै उहाको लक्ष्मी बैक सल्लीबजारमा रहेको खाता न ण्टढद्दण्ण्द्दघछछद्ध सम्पर्क न ढडटडढद्दडज्ञडड बताउनु भएको छ ।

यस्तै सहयोग सबैले गरेमा आफ्नो छोरोले कतै नयाँ जीवन पाउछ कि भनेर समेत आशा गरेको पीडितको आमाले बताउनु भएको छ ।

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार १४:५२