छत्रेश्वरी गाउँपालिकामा बजेट विवादमा नेकपा पक्षिय वडा अध्यक्षहरुको पत्रकार सम्मेलनः भन्छन् निति, विधि र पारदर्शिता नभएपछि वैठक वहिस्कार गरेका छौं

मिना बुढाथाेकी सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको निति तथा कार्यक्रम र वजेट सार्वजनिक भएको डेढ महिना हुदाँ पनि पास हुन नसक्दा अहिले सर्वत्र चासोको बिषय बनेको छ । चालु आर्थिक बर्ष ०७७÷०७८ का लागी गत असार १० गते गाउँसभा मार्फत सार्वजनिक गरिएको निति तथा कार्यक्रम र वजेट कार्यपालिका सदस्यको मतभिन्नताका कारण पास हुन नसकेको हो ।

विभिन्न विषयमा मतभिन्नता हुँदा बैठक बहिस्कार गरेको पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले विधि र प्रक्रिया अनुसार वजेट आए पास हुने बताएका छन । गाउँपालिकाको केन्द्र भोटेचौरमा पत्रकार सम्मेलन गर्दै नेकपाबाट निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुले यस्तो बताएका हुन ।

नेकपाबाट निर्वाचित छत्रेश्वरी गाउँपालिका–५ का वडाअध्यक्ष लिलाधर घर्तीले एजेण्डा सहित विषयगत समिति बाट कार्यपालिका बैठकमा पेश गर्ने र कार्यपालिका बैठकबाट छलफल गरेर गाउँसभामा पठाउनु पर्ने प्रावधान भएपनी नीति संगत नभएकोले निति तथा कार्यक्रम र बजेट पारित हुन नदिएको बताउनु भयो ।

वडा नम्बर ४ का वडाअध्यक्ष नेव बहादुर खड्काले गाउँपालिकाबाट हुने खर्चलाई पारदर्शी बनाउन बिगत देखि नै माग गरेको भए पनि सुनुवाइ नभएको बताउनुभयो । वडा नम्बर ३ का वडाअध्यक्ष राज बहादुर बुढाथोकीले छलफल तथा संवाद कार्यपालिका बैठकमा गर्न सकिने बताउदै गाउँपालिका अध्यक्षले आफुहरु विरुद्ध अनर्गल मिडियाबाजी गरेको बताउनुभयो ।

उहाँले सबै कार्यपालिका सदस्यको उपस्थितिमा कार्यपालिका बैठक बस्ने र छलफल गर्ने खालको वातावरण बनाउने दायित्व गाउँपालिका अध्यक्षको रहेको बताउनुभयो ।यस्तै २ नम्बर वडा अध्यक्ष प्रेम बहादुर खड्काले आवश्यकता भन्दा बढी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग रहेको बताउँदै गाउँपालिका अध्यक्षले करार कर्मचारीलाइ मुख्य एजेन्डा बनाइएको बताउनुभयो ।

उहाँले गाउँपालिका अध्यक्षले आफुहरु लाइ आरोप लगाए जस्तो सबै कर्मचारीहरुलाइ हटाउनुपर्ने प्रस्ताव आफ्नो नभएको बताउनुभयो ।नेकपाका जनप्रतिनिधिहरुले विभिन्न माग हरु राखेको विज्ञप्ती समेत पत्रकाकर सम्मेलनमा सार्वजनिक गरेका थिए ।

विज्ञप्तीमा भनिएको छ,महालेखा परिक्षकको रिपोर्ट अनुसार बजेट बेरुजुमा जिल्लाकै पहिलो पालिकाको रुपमा सुसुचित भएको,अध्यक्षले आफु अनुकुलका कानुन निर्माण गरेको,कानुन बमोजिम गाउँसभा बैठक बजेट तथा निती नल्याएको,गाउँपालिकाबाट हुने खर्चहरु पारदर्शी नभएको, लगायतका कार्यहरु सच्याउन माग गर्दछौं ।

साथै कार्यपालिकालेनै गरेको कतिपय निर्णय कार्यान्वयन नगरेको,गाउँपालिकाको आम्दानी तथा खर्च मासिक रुपमा सार्वजनिक नगरेको,गाउँपालिकाबाट खरिद गरेका मेशीनरी औजार र एक दर्जन बढी मोटर साइकल आप्mना निजी कार्यकर्तालाइ बक्सिसको रुपमा प्रदान गरेको, निश्चित समयका लागी भर्ना गरिएका करार कर्मचारीमा दरबन्दी सहित संघ र प्रदेशमा रिक्त दरबन्दी पदपुर्ती भैसक्दा समेत करारका कर्मचारीलाइ नहटाएको, आप्mनै कार्यपालिका विरुद करार कर्मचारीको संघर्ष समिती गठन गरि प्रत्येक बैठकमा गाउँपालिका घेराउ गरि गाउँकार्यपालिका सदस्यलाइ उपस्थित हुन नदिएको कारण बैठक बहिस्कार गरिएको हो विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तमिा विषयगत समिती गठन नगरी मनोमानी ढंगले चल्दै आएको संघीय ऐन कानुन विपरीत शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको लगायतका विषयहरु समावेश गरिएको छ ।

यता केही दिन अघि गाउँपालिका अध्यक्ष सन्तोष कसीले गरेको पत्रकार सम्मेलनमा आफु अल्पमतमा रहेकाकारण बजेट तथा निती र कार्यक्रम पास हुन नसकेको बताएका थिए ।
कार्यपालिकामा गाउपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५ जना सदस्य नेपाली काँग्रेसका र बहुमत सदस्य अर्थात १० जना सदस्य नेपाल कम्यूनिष्ट पार्टी नेकपाका भएपनि छलफलबाट समस्या समाधान गर्ने अध्यक्ष केसीले दावी गर्नुभयो ।हामी सबै छत्रेश्वरीवासी हौं,उहाँले भन्नुभयो केही कुरामा कसैको चित्त नबुभ्न सक्छ तर हामी छलफल र वार्ताका माध्यमबाट विषयको टुंगो लागाउँछौ र बजेट पारित गर्छौ । गाउँसभामा निति तथा कार्यक्रम सँगै रु.४२ करोड ७२ लाख ८० हजार ९ सय बराबरको अनुमानित बजेट पेस गरिएको थियो ।

प्रकाशित मिति: २६ श्रावण २०७७, सोमबार २२:०३