कभर खबर

  • २७ श्रावण २०७७, मंगलवार १७:२१

वडा कार्यालय द्दारा उद्दार कार्यमा संगलन टोलीलाई सम्मान

प्रचण्ड खत्री / रुकुम पश्चिम

रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ३ र ५ को बिचमा पर्ने स्यार्पुतालामा साउन ७ गत्ते डुबेर निधन भएका परिवारले उद्दार कार्यमा संगलन २२ जना टोलीलाई अनिल घर्ति र लोक बहादुर घर्तीका परिवारले १ सेट डायरी चिनो दिएर सम्मान गरेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले जानकारी दिनुभएकाे छ ।

वडा खेलकुद बिकाश समितिलाई अनिल घर्ति र लोक बहादुर घर्ती भडिबल खेलाडी भएका कारणले उनका परिवारले १ थान बल , १ थान नेट , १ थान पम्प हिसाब राख्नको लागि १ सेट डायरी गरि ७ हजार बराबरको सामान वडा खेलकुद बिकास समितिलाई हस्तान्तरण गरेको वडा सचिब गोपाल डाँगीले भनाइ छ ।

बाफिकोट गाउपालिका वडा नम्बर ५ को वडा कार्यालयले उद्दार कार्यमा खटिएका युवाहरुलाई दोसल्ला , सम्मान पत्र र नगत १ हजारका दरले वडा कार्यालयले सम्मान गरेको वडा सचिब डाँगीले बताउनुभयाे ।

साउन ७ गत्ते माछा मार्न भन्दै १५ जनाको युवाको समुह बडगाउ बाट स्यार्पुताल पुगेका   थिए । पौडी खेल्ने क्रममा साथीलाई बचाउन लोक बहादुर तालमा पुगेका थिए तर तालमा पुगेका लोक बहादुर नत साथीलाई बचाए नट आफु बाच्न  नै पाए । दुवै युवा मर्दा गाउ नै शाेकायम बनेको छ । २ होनाहार युवा गुमाउदा सिंगो बडगाउ गाउ नै भाबुक बनेको थियो ।साेही मृतककाे सम्झनामा  आज एक  कार्यक्रमका  बीच वडा कार्यालयमा उद्दार कार्यमा संगलन टोलीलाई सम्मान गरीएको हो ।

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार १७:२१